इस्लामिक सक्रिय युवा समाजद्वारा सडक बत्ती बिस्तार

बाेलीखबर   २० कार्तिक २०७९, आईतवार १४:४३

पाल्पा । रामपुर नगरपालिका–४ पाल्पामा सक्रिय रहेकाे इस्लामिक सक्रिय युवा समाज ले सडक बत्ती मर्मत संगै थप विस्तार गरेको छ । रातको समयमा हुन सक्ने चोरी तथा अन्य दुर्घटना न्यूनिकरणको लागि समाजले यस अघि विभिन्न स्थानका पोलहरू बत्ती जडान गरेको थियो ।

क्लवले यस अघि जडान गरिएको सडकको पोल बत्ती मध्ये १२ स्थानको मर्मत गरिएको र अन्य १६ वटा स्थानमा पोल बत्ती थप गरिएको समाजका अध्यक्ष सहादत हुसेन शेखले जानकारी दिएका छन्। खेलकुद संगै सामाजिक कार्यमा सक्रिय समाजले बाङगे पसल देखि सदावर्त सम्मका सडक, भिमसेन टोल, इस्लामपुर हुँदै हातेमालो चोक जाने भित्री सडक र इस्लामपुर हुँदै सिदुरेटार जाने भित्री सडकमा बिजुली पोल बत्ती बिस्तार गरिएको अध्यक्ष शेखले बताएका छन्।