पाल्पा क्षेत्र नं १ मा अबेर गरेर मतगणना सुरु (फाेटाे सहित)

बाेलीखबर   ५ मंसिर २०७९, सोमबार १९:०७

पाल्पा । पाल्पाको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । आज दिउँसो ३ः३० वजेबाट सुरु गर्ने भनिएपनि साझ अबेर गरेर मतगणना सुरु भएको हो ।

मतगणनास्थल तयारी नहुदा ढिलाइ भएको निर्वाचन कार्यालय रामपुरले जनाएको छ । क्षेत्र नं १ को प्रदेश सभा १ बाट मतगणना सुरु भएको निर्वाचन कार्यालय रामपुरका सहायक निर्वाचन अधिकृत रामहरी पाण्डेयले बताउनुभयो । क्षेत्र नं १ मा ५८ हजार ४९१ मत खसेको छ । यहाँ कुल मतदाता संख्या ९६ हजार ३३ रहेको थियो । प्रतिशतको आधारमा जिल्लामा क्षेत्रगत रुपमा क्षेत्र नं १ मा ६०.९१ र २ मा ६०.९१ देखिन्छ ।

क्षेत्र नं २ को तानसेन स्थित बालमन्दिरमा दिउँसो देखि नै मतगणना कार्य सुरु भइरहेको छ । क्षेत्र नं. २ मा एक लाख पाँच हजार २९३ रहेका थिए । जिल्लामा एक लाख पाँच हजार २९३ मतदाता संख्या रहेपनि निर्वाचनमा ६४ हजार २०३ मत खसेको छ । प्रतिशतको आधारमा जिल्लामा क्षेत्रगत रुपमा क्षेत्र नं २ मा ६०.९१ देखिन्छ ।
जिल्लामा कुल मतको ६०.९४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । दुई लाख एक हजार ३२६ मतदाता रहेको जिल्लामा एक लाख २२ हजार ६९४ मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो ।

आज विहान साढे चार वजेसम्म मटपेटिका सङ्कलन कार्य भएको थियो । टाढा रहेका मतदान केन्द्रबाट निर्वाचन कार्यालयमा मतपेटिका आउन ढिलाई भएको हो । पाल्पा प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार पदका लागि ४५ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।
क्षेत्र नं. १ मा प्रतिनिधि सभामा १० जना, क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा सदस्य १ मा ५ र २ मा ५ जना, प्रतिनिधि सभा क्षेत्र नं. २ मा १३ जना, प्रदेश १ मा ७ र २ मा ५ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जिल्लाका सबै मतदान केन्द्रहरुमा आइतवार शान्त र सौहाद्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।