पाल्पा-१ मा एमालेकाे फराकिलाे मतान्तरसहित नारायणको शुरुआती अग्रता

बाेलीखबर   ६ मंसिर २०७९, मंगलवार १०:३७

पाल्पा । पाल्पाको क्षेत्र नं १ मा नेकपा एमालेका नेता तथा उम्मेदार नारायण प्रसाद आचार्यले शुरुआती चरणमै फराकिलो मतान्तरले अगाडि लागेका छन् ।

उनले २७५९ मत ल्याउँदा सत्तागठबन्धनका उम्मेदार नेपाली काँग्रेसका नेता तथा उम्मेदवार  ज्ञान बहादुर गाहाले १२२५ मत प्राप्त गरेकाे छ । गाहाविरुद्ध नेकपा एमालेका उम्मेदवार आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पाल्पा क्षेत्र १ मा एमालेकाे पकड क्षेत्र मानिन्छ ।