पाल्पाकाे दुवै क्षेत्रमा एमाले उम्मेदवारकाे अग्रता कायमै

बाेलीखबर   ६ मंसिर २०७९, मंगलवार १६:३८

पाल्पा । जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहँदा अहिलेसम्म प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।

पाल्पा क्षेत्र नं. १ मा एमाले उम्मेदवार नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुरप्रसाद गैरेले शुरूवती चरणमै अग्रता लिएकाे हाे । हाल सम्म प्राप्त मत अनुसार एमाले उम्मेदवार नारायण प्रसाद आचार्य ५५५३ र ठाकुरप्रसाद गैरेले ५१६७ मतका प्राप्त गरेका छन् । पाल्पा क्षेत्र नं. १ बाट गठबन्धनका साझा उम्मेदवार ज्ञान बहादुर गाहाले २७३१ र पाल्पा क्षेत्र नं. २ का नेकपा एसका साझा उम्मेदवार साेम प्रसाद पाण्डेले ३९०१ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा तर्फ २ वटा प्रदेश सभा क्षेत्रको मतगणना भइरहेको छ । पाल्पा क्षेत्र नं. १ (१)मा नेकपा एमालेकै राजुप्रसाद श्रेष्ठले अग्रता लिएकाे छ हाल सम्म प्राप्त मत अनुसार ५३९२ मत पाएका छन् भने र २(१) मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बीर बहादुर रानाको अग्रता रहेको छ । हाल सम्म प्राप्त मत ५२३९ रहेकाेछ ।