पाल्पा-१(१)काे प्रदेशसभामा एमालेका श्रेष्ठ फराकिलो मतान्तरसहित विजयी

बाेलीखबर   ८ मंसिर २०७९, बिहीबार ०८:४४

पाल्पा। पाल्पा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य १(१) मा नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार श्यामकान्त खनाललाई ५ हजार ३९० मतको अन्तरले हराएका हुन् ।

एमालेका श्रेष्ठले १७ हजार ६४१ मत ल्याउँदा खनालले १२ हजार २५१ मत प्राप्त गरे ।