पाल्पाको रामपुरमा मिस्टर एण्ड मिस प्रतियाेगिता हुने

बाेलीखबर   १ पुष २०७९, शुक्रबार १०:५५

पाल्पा । पाल्पाको रामपुरमा मिस्टर एण्ड मिस पाल्पा हुने भएकोछ । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ अन्तर्गत उक्त कार्यक्रम हुने भएको हो ।

मिस वल्र्ड हेरिटेज नेपाल २०२२ ले विहिबार हाेटल संगम, रामपुर पाल्पामा पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम बारे जानकारी गराएको हो । लिटिल, टिन र एडल्ट गरि ३ समुहमा छुट्टा छुट्टै मिस्टर र मिस पाल्पा हुने आयोजक संस्थाका फेसन काेरियाेग्राफर प्नसान्त शाहले जानकारी दिए । कार्यक्रम मार्फत सहभागिले आफ्नो प्रतिभा प्रस्तुत गरि राष्ट्रिय रुपमा समेत सहभागि हुन सक्ने शाहले बताएका छन् ।

यही पौष २५ गतेबाट शुरु हुने कार्यक्रममा सहभागि हुनका लागी रजिष्ट्रेशन फर्म भर्नु पर्ने छ । सो कार्यक्रम सम्पन्न गर्नका लागी करिब १० लाख ११ हजार ३ सय ५० रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । होटल संगम रामपुर ५ वेझाँडमा भएको कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ कार्यक्रमका फेसन काेरियाेग्राफर तथा फाउण्डर प्नसान्त शाहले जानकारी दिएका थिए । कार्यक्रममा भारतकाे मुम्बइमा भएकाे मिष्टर एण्ड मिस वल्ड हेरिटेज इन्टरनेशनलमा नेपालबाट प्रतिनिधित्व गरेकी सितल श्रेष्ठकाे उपस्थिती रहेकाे थियाे ।