रामपुर मोबाईल एसोशियशनकाे अधिवेशन सम्पन्न

बाेलीखबर   २ पुष २०७९, शनिबार २०:०७

पाल्पा । रामपुर मोबाईल एसोशियशन रामपुर पाल्पाले नयाँ कार्य समिति चयन गरेको छ । एसोशियशनको पहिलो अधिवेशनले इश्वर प्रसाद अधिकारीको अध्यक्षतामा ९ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

रामपुर ८ बुजातमा भएको एक कार्यक्रम गरी अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनले ९ कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्ष नारायण प्रसाद पाठक, सचिव टिकाराम न्यौपाने, कोषाध्यक्ष सनि पाण्डे, सह सचिव लेखन्त सुनारी तथा सदस्यहरुमा क्यामुदीन मिया, याम बहादुर सोमै, राम प्रसाद श्रेष्ठ र कोष बहादुर थापा रहेका छन् ।

एसोशियनको सल्लाहकारहरुमा घनश्याम पन्थी र खेम रानालाई चयन गरेको छ । नव निर्वाचित अध्यक्ष अधिकारीले पूर्वी पाल्पाको रामपुरमा रहेको हरेक मोबाईल पसलहरुमा मोबाईल विक्री तथा पार्टपुर्जा तथा इलोक्टोनिक्स सामानहरुको खरिद विक्रीको मूल्यामा एकरुपता ल्याउने बताएका थिए ।

ग्राहकहरुको सन्तुष्टि नै हाम्रो सेवा हो । यसलाई मध्यनजर गर्दै आफनो ब्यापार ब्यवसायलाई अगाडि बढाउन सबै सामु आग्रह गरेका थिए ।