रामपुर ६मा वडा स्तरीय भलिबल प्रतियोगिता हुने

बोली खबर   २५ पुष २०७९, सोमबार ०१:४५

पाल्पा, रामपुर नगरपालिका–६, विजयपुर दुर्गामन्दिर टोलमा माघ ७ गते सल्लाहकार देवराज पंगेनीले जानकारी दिदै २०७९ साल माघ ७ गते देखि १४ गते सम्म खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता संचालन गर्ने जानकारी दिनुभयो । वार्षिक उत्सव विशेष कार्यक्रमलाई सभ्य र भव्य रुपमा देखि १४ गते सम्म वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने भएको छ । जुनतारा युवा क्लवले आफ्नो वाषिक उत्सवको अवसरमा युवा जागरण र खेलकुदको उत्थानका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी दिदै क्लवका सम्पन्न गराउन पत्रकारलाई कलमको माध्यम बाट प्रचारप्रसारमा सहयोग गरिदिन अनुरोध समेत गर्नु भयो । प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५० हजार, ३० हजार र १५ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै महिला भलिबको विजेता र उपविजेताले नगद २० हजार र १० हजार प्राप्त गर्नेछ ।

क्लवका कोषाध्यक्ष गोविन्द थापाले वार्षिक उत्सवमा सबैलाई समेट्ने गरी भलिबल संगै ४० वर्ष माथिको हाँडी फोर र कक्षा १२ सम्मका विद्यिार्थीहरु विचको एकल हाजिर जवाफ प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । क्लवका अध्यक्ष राजन आलेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथी रामपुर नगरपालिका–६ का वडा अध्यक्ष दिवाकर देवकोटाको खेलको माध्यमबाट वडा नम्वर ६ लाई अगाडि बढाउन क्लवले अभियान सुरु गरेकामा धन्यबाद दिदै वडा बाट पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतियोगिताको विषयमा कार्यक्रममा रामपुर अस्पतालका अध्यक्ष रामप्रसाद ढकाल र नगरगौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले खेलकुद युवाहरुलाई एकतावद्ध गर्ने माध्यम रहेको बताउँदै प्रतियोगिताको लागि शुभकामना दिनु भएको थियो । कार्यक्रममा सामुदायिक रेडियो रामपुरका पत्रकार रमा भण्डारी र पृथ्वी टेलिभिजनका स्टेशन प्रवन्धक कृष्ण प्रसाद पौड्यालले कार्यक्रमको विषयमा जिज्ञाशा राख्नु भएको थियो । सहभागि पत्रकारले राखेको जिज्ञासाको क्लवका अध्यक्ष आले र सल्लाहकार देवराज पंगेनीले जवाफ दिनुभएको थियो ।

कार्यक्रमको संचालन ल्कवका सल्लाहकार ईश्वर अधिकारीले गर्नु भएको हो । प्रतियोगिता दुर्गा मन्दिर टोल खेल मैदानमा हुनेछ ।