पाेखरामा यति एयरकाे विमान दुर्घटना, ३२ जनाको शव निकालियो

बाेलीखबर   १ माघ २०७९, आईतवार १२:३८

पाल्पा । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज पोखरामा दुर्घटना भएको छ । विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ । आगो नियन्त्रणमा आए पछि उद्दार कार्य जारी रहेको छ ।