विमान दुर्घटनाकाे शोकमा भोलि सार्वजनिक बिदा

बाेलीखबर   १ माघ २०७९, आईतवार १४:५१

काठमाडौं । सरकारले यती एयरको विमान दुर्घटनामा मृतकप्रति शोक व्यक्त गर्दै सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि एक दिन शोकपूर्ण घटनाको सन्दर्भका माघ २ गते शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । साथै विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

यता लुम्बिनी प्रदेशमा भने प्रदेश सरकारले यस अघिनै लुम्बिनी प्रदेशभर सार्वाजनिक बिदा दिइसकेकाे छ ।