जुनतारा युवा क्लब बार्षिक उत्सबको दोस्रो दिन ३ वटा खेल सम्पन्न

बोली खबर   ८ माघ २०७९, आईतवार २१:४३

जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब तथा भलिबल प्रतियोगिताको आज आइतबार दोस्रो दिन ३ वटा खेल भएको छ ।
पहिलो खेल महिला भलिबल प्रतियोगिता अन्तरगत रामपुर नगरपालिका १ र ५ बिच भएको थियो । जसमा रामपुर १ को समुहले सोझो २ सेट हात पारी दोस्रो राउन्डको लागि चयन भएको छ । त्यस्तै दोस्रो खेल चापाकोट नगरपालिका ४ र १०का महिला खेलाडी बिच भएकोमा चापाकोट १०को समुहले सोझो २ सेटमा जित निकालेको छ ।
त्यस्तै गरि आज आइतबार नै भएको पुरुष भलिबल तर्फ रामपुर २ भलायटारको समूह र आयोजक क्लबको बि समूह बिच भएको थियो । जसमा भलायटारको समुहले सोझो २ सेटमा जित हात पारेको क्लबका सल्लाहकार देबराज पङ्गेनिले जानकारी दिनु भएको छ ।


प्रतियोगिताको राशी पुरुष तर्फ प्रथम पुरस्कार ५० हजार , दोस्रो ३० हजार र तेस्रो १५ हजार रहेको छ भने , महिला तर्फ प्रथम पुरस्कार २०हजार र उपबिजेता १० हजार रहेको छ । दुर्गा मन्दिर बिजयपुर खेल मैदानमा सुरुभयको खेल माघ १४ गते सम्म चल्ने छ ।