तेस्रो रामपुर महोत्सवका लागी प्रचार प्रसार उपसमितिलाई पुर्णता

बोली खबर   ८ माघ २०७९, आईतवार २२:३२

आगामी माघ २७ देखि रामपुरमा हुन गैरहेको तेस्रो रामपुर महोत्सव, कृषि प्रदर्शनी तथा व्यापार मेलाको लागि विभिन्न उपसमिति गठन हुने काम भैरहेको छ ।सोही अबसरमा आइतबार प्रचार प्रसार उपसमितिले पूर्णता पाएको छ । संघको सभाहलमा बसेको रामपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरु र संघका पदाधिकारीहरु सहितको भेलाले उपसमितिलाई पूर्णता दिएको हो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा हुन गैरहेको मेला सम्पन्न गर्नको लागि यस अघि संघका प्रेस संयोजक बासुदेव ढकाल संयोजकत्व, नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लको उपसंयोजकत्वमा उपसमिति गठन भएको थियो । आजको भेलाले क्रियाशिल पत्रकारहरुलाई समेटेर समितिलाइ पूर्णता दिएको हो । संघका प्रेस संयोजक बासुदेव ढकालको अध्यक्षता तथा संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल सहितको पदाधिकारी र पत्रकारहरुको संयुक्त भेलाले आगामी माघ १५ देखि सञ्चार माध्यममा प्रचार प्रसारको कार्यलाई व्यापक बनाउने निर्णय गरेको छ ।

भेलामा संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले हाल सम्मको प्रगतिको बारेमा जानकारी दिदै मेलालाई थप सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैलाई आआफ्नो तर्फ बाट सहयोग गर्न आग्रह गर्नु भयो । मेलाको तयारीको कार्य तिव्ररुपमा भैरहेको बताउँदै विगतका मेलाहरुले कार्य सम्पादनमा थप सहजता प्रदान गरेको बताउनुभयो । उहाँले प्रचारप्रसारको लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । मेला यहि माघ २७ देखि फाल्गुन ८ सम्म रामतुलसी मा बिको खेलमैदान बेझाडमा हुने भएको छ । मेलामा करिब २ सय ५० स्टल हुने र स्टल बुकिङ भैरहेको समेत आयोजकले जनाएको छ ।