
रामपुर नगरपालिका वडा नम्बर चारले भर्खरै मात्र सक्किएको पाचौं मेयर कप कार्यक्रममा ४ नम्बर वडा बाट सहभागी तथा बिजेता खेलाडी हरुलाइ सम्मान कार्यक्रम गरेको छ।
पाँचौ मेयर कप २०७९ मा वडाबाट सहभागी र बिजेता खेलाडी सम्मान कार्यक्रमको अध्यक्षता कार्यबाहक वडा अध्यक्ष मोहन सिं राना तथा निबर्तमान वडा अध्यक्ष एक बहादुर नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
खेल स्वास्थ्यको लागि निकै महत्वपूर्ण पक्ष हो , जो खेलमा संलग्नता राख्छ उ अलि धेरै समय बाच्दछ भन्ने कुरा पनि सदा सर्वत्र सुन्न सकिन्छ । विशेष गरि आधुनिकता संगै खेल माध्यम लाई पनि उचित ब्यबस्थापन गरिदै व्यावसायिक रुपमा लगेको बेला आफ्नो वडाका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका ४ नं वडाका खेलाडी हरुको प्रोत्साहन स्वरुप सम्मान तथा र्याली कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि सदस्य खिम बहादुर क्षेत्री , नेकपा एमाले वडा न ४ वडा कमिटी अध्यक्ष डिल बहादुर कौसी , नेपाली काङ्ग्रेस वडा न ४ वडा सभापति थर्क ब राना लगाएतले खेल अनि खेलाडी भनेका रास्ट्रका गहना हुन उनिहरुलाइ खेलको लागि आवस्यक साथ अनि ब्यबस्थापनमा सदैब जोड दिइ उनिहरुको खेलप्रतिको हौसला बढाउनुपर्ने जस्ता भनाइ राख्नुभएको थियो।
खेलाडी प्रोत्साहन स्वरुप आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रम औपचारिकता पछि र्याली वडा कार्यालय देखि सदावर्त , सानिअमराइ , डुम्रीगाउँ , बेझाड हुँदै पुन : वडा कार्यालय आएर सक्किएको थियोे ।
रामपुर नगरपालिका वडा न ४ का वडा सदस्य महम्म्द अजिम सेख को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन वडा सचिब सबिता आलेले गर्नुभएको थियो।