प्रदेश ५

संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

  २६ भाद्र २०८०, मंगलवार ०७:३४        बोली खबर

पाल्पा । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए...

रामपुरमा ‘हाम्रो मार्ट’ संचालन हुदै

  २४ भाद्र २०८०, आईतवार १७:३१        बोली खबर

पाल्पा । रामपुरमा हाम्रो मार्ट संचालन हुने भएको छ । रामपुर नगरपालिका वडा नं. ५ बेझाँडको हुलाकटोलमा संचालन हुन लागेको हो । हाम्रो मार्टले सबै सामान एउटै छानामुनी भन्ने उद्देश्यका साथ गुणस्तरीय सामान सुपथ मूल्यमा सर्वसुलभ गराउने उद्देश्यले मार्ट संचालनमा ल्याइएको मार्टका संचालक मधुसुधन आचार्यले बताए । मार्टको शुरुआतका...

आज ऐतिहासिक पाल्पा भगवती जात्रा मनाइँदै, लुम्बिनी सरकारद्धारा पाल्पामा सार्वजनिक विदा

  २१ भाद्र २०८०, बिहीबार ०७:३१        बोली खबर

पाल्पा। ऐतिहासिक भगवती जात्रा आज पाल्पामा मनाईदैछ । पश्चिम नेपालकै ठूलो जात्राको रुपमा रहेको श्री ७ रणउजेश्वरी भगवती जात्रा धुमधामले मनाउन लागिएको हो । लुम्बिनी प्रदेश सरकारले आज पाल्पामा मनाइने भगवाती जात्राको अवसरमा पाल्पा जिल्लाभर सार्वजनिक विदा दिइएको छ । नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हाँसिल गरेको...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

  २० भाद्र २०८०, बुधबार १२:१५        बोली खबर

पाल्पा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै...

लुम्बिनी एमालेको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी 

  २० भाद्र २०८०, बुधबार ११:४५        बोली खबर

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मंगलवार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कँंडेल विजयी भएका हुन् । विजयी कँंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिका...

पाल्पाको रामपुरमा रोपाई जात्रा

  १८ भाद्र २०८०, सोमबार १८:१२        बोली खबर

पाल्पा । पाल्पाको रामपुरमा रोपाई जात्रा निकालिएको छ । गाईजात्राको भोलिपल्ट निकालिने रोपाई जात्रा रामपुरमा शनिबार प्रदर्शन गरिएको हो । नेवाः समाज रामपुरले सदियौं देखि चल्दै आएको जात्राको निरन्तरता अन्तर्गत जात्रा निकालिएको हो । रोपाई जात्रा बेझाँड चोकमा ल्याएर दिनभर प्रदर्शन गरिएको थियो । जात्रामा दुई किशोर जुवामा नारिएर बेझाँड...

रामपुर सहकारीको नबनिर्मित व्यवसायिक भवन उद्घाटन तथा कार्यालयको शुभारम्भ

  १८ भाद्र २०८०, सोमबार १७:०३        बोली खबर

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर नगरपालिका वडा न. ५ बेझाँड पाल्पाको नबनिर्मित व्यवसायिक भवन उद्घाटन तथा कार्यालय सेवा शुभारम्भ गरेकाे छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एब संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले सहकारी यस क्षेत्रकै नमुना सहकारीको रुपमा स्थापित भएको बताए । श्रेष्ठले झोलाबाट...

ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाइँदै

  १४ भाद्र २०८०, बिहीबार ०९:२५        बोली खबर

पाल्पा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत...

पाल्पाकाे जोर्तेमा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

  १३ भाद्र २०८०, बुधबार ११:४९        बोली खबर

पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा र कास्की जिल्ला पोखरा महानगरपालिका–११ का...

नेपाली कांग्रेसकाे क्षेत्रीय एवं प्रदेशसभा सम्मेलन रामपुरमा सम्पन्न

  १२ भाद्र २०८०, मंगलवार १०:४०        बोली खबर

पाल्पा । नेपाली कांग्रेस प्रतिनिधि सभा पाल्पा क्षेत्र १, प्रदेश सभा १ र २ ले आयोजना गरेको प्रतिनिधि सभा क्षेत्रीय एवं प्रदेश सभा सम्मेलन साेमबार रामपुरमा सम्पन्न भएकाे छ । सम्मेलनलार्इ सम्बाेधन गर्दै  नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले  निर्वाचन सकियो अर्को चुनावको चिन्ता लिदै गयौं भने जनताको देश...