समाचार

रामपुर ४ मा शुभकामना सहित वडाको चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक

  १२ आश्विन २०७९, बुधबार १२:०१        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नं. ४ ले चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक सहित विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा शुभकामना आदान प्रदान तथा शान्तिपुर्ण एवं सुरक्षित समाजका लागी समुदाय प्रहरी सझेदारी कार्यक्रम...

बडादसैँ सुरू- आज घटस्थापना

  १० आश्विन २०७९, सोमबार ०७:४०        बोली खबर

पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँ आजदेखि सुरू भएको छ । यस चाडलाई खुसी र उमंग साथै मीठो खाने र राम्रो लाउने चाडको रूपमा पनि व्याख्या गरिँदै आएको छ । बडादसैँको पहिलो दिन आज घर-घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना...

कर्तब्य र जिम्मेवारी पूर्वक काम गर्न प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको निर्देशन

  ७ आश्विन २०७९, शुक्रबार १६:५२        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानले कर्तब्य र जिम्मेवारीको पूर्ण पालना गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नगरपालिकामा आएकका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले शुक्रबार कर्मचारीहरु संगको परिचात्मक कार्यक्रममा यस्तो निर्देशन दिएकाे हो । न्यौपानेले नगरभित्र संचालित विभिन्न योजनाको गुणस्तरियतामा ध्यान...

विद्युत् सुविधाले दिएको खुसी

  ६ आश्विन २०७९, बिहीबार १०:०४        बोली खबर

पाल्पा। निस्दी गाउँपालिका-४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा उनी औधी...

राष्ट्रपतिद्धारा नागरिकता विधेयक अस्वीकार

  ५ आश्विन २०७९, बुधबार १०:०१        बोली खबर

काठमाडौँ। राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको...

किसानबारीमा वडा स्तरीय खुल्ला भलिबल तथा व्याटमिन्टन प्रतियोगिता हुने

  ४ आश्विन २०७९, मंगलवार १२:५४        बोली खबर

पाल्पा । ज्योतिपुञ्ज युवा क्लव रामपुर नगरपालिका ७ किसानबारीले असोज १२ देखि १५ गते सम्म वडा स्तरीय खुल्ला भलिबल तथा व्याटमिन्टन प्रतियोगिता गर्ने भएको छ । आफ्नो २६ औं वार्षिक उत्सव तथा विजयादशमीको अवसरमा असोज १२ गते देखि १५ गते सम्म प्रतियोगिता गर्न लागेको हो । क्लवले सोमबार पत्रकार...

निस्दीको लामेदमारमा बिजुली बल्याे

  ४ आश्विन २०७९, मंगलवार ११:०१        बोली खबर

पाल्पा ।  निस्दी गाउँपालिका – ४ , मित्यालको, लामेदमारमा पैसा बुझाएको १५ वर्षपछि बिजुली बलेकोछ । लामेदमार ट्रान्समिटर अन्तर्गत सोमबार त्यहाँको ५५ घरमा बत्ती बलेको हो । बिजुली बल्न भनेर यहाँका स्थानीय बासिन्दाले आजभन्दा करिब १५ वर्ष अगाडि पैसा बुझाएको थियोे । अब त बत्ती बलेको देख्ने आश मरिसकेको...

प्रमुख प्रशासकीय अधिकृतसंग फेरी भेटौला

  ४ आश्विन २०७९, मंगलवार ०४:१५        boli khabar

पाल्पा । रामपुर नगरपालिका वडा नं ६ पाल्पाले सम्मान सहित फेरि भेटौला कार्यक्रम गरेको छ । रामपुर नगरपालिकाबाट सरुवा भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलाई सोमबार सम्मान सहित बिदाई गरिएको हो ।वडा सदस्य हरिनाथ ढुंगानाको स्वागत बाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई वडाको पहिचान...

आज संविधान दिवस विभिन्न कार्यक्रमसाथ मनाइँदै

  ३ आश्विन २०७९, सोमबार ०७:४४        बोली खबर

काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानले आज ८औं वर्ष टेकेको छ । स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयनमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक छ । तत्कालीन...

कामना सेवा विकास बैंक लिमिटेडले हुप्सेकोटमा खोल्यो शाखा

  ३ आश्विन २०७९, सोमबार ०५:५७        boli khabar

नवलपरासी । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उदेश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबार नवलपुर जिल्लाको हुप्सेकोट गाँउपालिका वडा नं. ३ मा शाखा रहित बैंकिङ्ग...