रामपुर नगरपालिका दिउँसो देखि भिषण आगोलागी

     

पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ को समानसिङ, रेवती पोखरा र वडा नं. ५ को गैरागाउँ क्षेत्रमा बुधबार दिउँसो देखि भिषण आगोलागी भैरहेको छ । जंगलको आगो बस्तीमा पसेपछि आठ भन्दा बढी घर तथा गोठ पूर्ण रुपमा जलिसकेको छ ।...

सहलकोटका आगलागी पीडित परिवारलाई निस्दी आवाजकाे सहयाेग

     

पाल्पा ।  निस्दी गाउँपालिका-२ सहलकोट पुरान्थरका आगलागी पीडित परिवारलाई निस्दी आवाज युवा सञ्जालले राहत सामाग्री प्रदान गरेको छ । मंगलबार दिउँसो भएको आगोलागी बाट पिडित बनेका गणेश वि.क. को परिवारलाई खाद्यान्न, भाँडाकुडा र ओढ्ने ओछ्याउने सामाग्री प्रदान गरेको हो...

समाचार

रामपुर नगरपालिका दिउँसो देखि भिषण आगोलागी

पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ को समानसिङ, रेवती पोखरा र वडा नं. ५ को गैरागाउँ क्षेत्रमा बुधबार दिउँसो देखि भिषण आगोलागी भैरहेको छ । जंगलको आगो बस्तीमा पसेपछि आठ...

मनोरञ्जन

…यसरी सकियाे ‘दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव’ (१७ फाेटाेमा)

पाल्पा। निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सकिएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा गत चैत २६ देखि सुरु भएको मेलाको बैशाख ३ गते सोमबार विधिवत रुपमा समापन गरिएको हो । ‘कृषि पर्यटन संस्कृति र...

मोडल

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा हाजिरजवाफ प्रतियोगीता सन्चालन

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । ‘महिलामा लगानी सभ्य र सम्मुनत समाज थालनी’ भन्ने मुल नाराका साथ ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला देशभर विभिन्न कार्र्यक्रम गरि मनाईएको छ । सधै भाषण र नारामा समेटिएको महिला दिवस हिजो भने अली फरक अनुभुति भएको देखिन्थ्यो । महिलाहरु अलि फरक हातमा कापी र कलम लिएर उभिएको पाईएको थियो । कार्यक्रम थियो अन्तरवडा स्तरीय आमा समुहहरुको हाजिरी जवाफ प्रतियोगिता जसको आयोजना अखिल नेपाल महिला संघ रामपुर नगर कमिटी पाल्पाले गरेको थियो ।
महिलाका सन्र्दभमा, समसामहिक घटना क्रम, उत्कृष्ठ महिलाका ईतिहास गाउँखाने कथा जस्ता विषय समेट्रिएको हाजिर जवाफ प्रतियोगितामा महिलाहरुले रमाईलो मानिमानि भागलिनु भएको थियो ।
प्रतियोगितामा भिमसेन महिला बिकाश आमा समुह रामपुर ४ को समुह प्रथम हुन सफल भएको छ । त्यसैगरी समाज सुधार आमा समुह रामपुर ५ दित्तिय, शितलनगर आमा समुह रामपुर ३ तृतीय र समाज सुधार आमा समुह रामपुर ६ को समुह सान्तवना भएका छन ।बिजेता समुहहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । रामपुर नगरपालिका वडा नम्बर ५ कान्जिहाउसमा रहेको रेशम सभाहलमा भएको प्रतियोगितामा ९ वटा आमा समुहको सहभागिता रहेको थियो ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य दुर्गादेबि रानाले महिलाहरुको हकहित र अधिकारका लागी अखिल नेपाल महिला संघले बिगतदेखि शसक्तरुपमा लड्दै आएको बताउनु भएको छ । नेपालको नयाँ संविधानमा धेरै अधिकार र आरक्षणको ब्यबस्था गराउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य युबराज खनाल, लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले नेपालको हरेक परिवर्तनमा महिलाहरुले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँहरुले पुरुष र महिलाहरुका बीचमा भएको असमानता हटाउन अखिल नेपाल महिला संघले धेरै राम्रो काम गरेको बताउनुभयो ।
कार्यक्रममा रामपुर ७ का वडा कमिटी अध्यक्ष खेमराज गौतम, प्रतियोगी समुहहरुको तर्फबाट सरस्वती सोमै लगायतले प्रतियोगिता सफलताको शुभकामना दिनुभएको थियो । अखिल नेपाल महिला संघका नगर कमिटि अध्यक्ष राधिका भण्डारिको अध्यक्षता, सचिब सन्जु परियारको संचालन र सहसचिब देबी मगरले स्वागत गर्नुभएको थियो । प्रतियोगीताको सन्चालन शिक्षक दोय रस्मिता पोखरेल र कृष्णकला कंडेलले गर्नुभएको थियो ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा हाजिरजवाफ प्रतियोगीता सन्चालन