गंगा दशहरामा खुल्ला वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

बोली खबर   २९ जेष्ठ २०८१, मंगलवार २१:४२

कालीका युथ क्लब को पाँचौँ वार्षिकोत्सव तथा गंगा दशहरा मेला-२०८१ को अवसरमा आयोजित खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रम २०८१ आज देखि सुरु भएको छ ।

कालिका युवा क्लबका अध्यक्ष यम बहादुर आलेको अध्यक्षता र रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम ब. रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कालिका युवा क्लबको आयोजना र रामपुर नगरपालिका वडा नं ४ को संरक्षणमा जेष्ठ २९ देखि असार २ गतेसम्म खेलिने खुल्ला वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता चापाकोट वडा नं ७ साँखर र आयोजक टिम बिचको प्रतिस्पर्धात्मक खेलबाट औपचारिक खेलको उद्घाटन गरिएको थियोे ।

कार्यममा बोल्दै प्रमुख अतिथी क्लब स्थापना कालदेखी नै गंगादशहरा मा सास्कृतिक कार्यक्रम संगै भलिबल खेल लाई पनि जोडीदै आइएको छ। यी दुई एकाअर्काका परिपुरक हुन यसलाई निरन्तरता दिनु हामी वडा बासीको कर्तव्य र दायित्व हो। ऐतिहासिक रुपमा धार्मिक मूल्य र मान्यता बोकेको गंगा दशहराले हाम्रो वडा परिचित गराउने समेत काम गरेको छ त्यसैले यस बर्ष पनि खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता र विविध सास्कृतिक कार्यक्रम हरु आयोजना गरिएको र यसलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि वडाको सहयोग रहिरहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२०७६ सालमा स्थापना भएको यश क्लबले स्थापना कालदेखि हालसम्म नेतृत्व बिकास, समाज परिबर्तनका लागि युवाहरुको बिचमा सिर्जनात्मक भुमिका साथै सामाजिक उत्तरदायित्वको भावनालाई प्रस्फुटित पार्न र खेलको माध्यमबाट अनुशासन एंव नैतिक जिम्मेवारीको भावनाको बिकास गर्न सहयोग पुर्याउने हेतुले हरेक बर्ष विभिन्न खेलकुद प्रतियोगिता तथा कार्यक्रम हरु आयोजना गरि सम्पन्न गर्दै आएको छ। स्थानीय स्तरका युवाहरूलाई एकीकृत गरि खेलप्रति जागरुक गराउने , स्वस्थ र अनुशासित खेलाडी निर्माणमा सहयोग पुर्याउन आन्तरिक पर्यटन वृद्धि गर्न साथै स्थानीय लोकोन्मुख सिपहरुको प्रबर्द्धन र कृषि उत्पादन लाई प्रोत्साहन गर्दै धार्मिक , सांस्कृतिक तथा कला सिपको संरक्षण गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको र कार्यक्रमले युवाहरूमा सामाजिक भावनाको बिकासमा टेवा , स्वस्थ खेलाडी निर्माणमा सहयोग , आन्तरिक पर्यटनमा सहयोग , अन्तरनिहित प्रतिभा प्रस्फुटित साथै वडाहरु बिच समन्वयात्मक भुमिकामा वृद्धि हुने आयोजकले जानकारी दिएको छ।

श्री कालिका युवा क्लबका उपाध्यक्ष रमा श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिका कार्यपालिका सदस्य तथा वडा नं ४ महिला सदस्य सिमा देवि थापा , नेपाल लोकतान्त्रिक जनजाती महासंघ रामपुर नगर समिति अध्यक्ष क्याप्टेन धन बहादुर श्रेष्ठ , कालिका युथ क्लब संस्थापक अध्यक्ष तुल बहादुर रानाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको कार्यक्रमको सन्चालन समीर आलेले गर्नुभएको थियो।

आजदेखी सुरु भै असार २ गतेसम्म हुने भलिबल प्रतियोगिता भोलि ७ बजेबाट सुरु हुने भलिबल खेलका संयोजक लक्ष्मण घलेले जानकारी दिनुभयो।