ढेंगामगरद्धारा सहयोगको अपिल

बाेलीखबर   १ कार्तिक २०८१, बिहीबार १३:१६

पाल्पा । रामपुर नगरपालिका वडा नं. ४ देवस्थानका नरबहादुर ढेंगामगरको परिवार यतिबेला शोकमा डुबेको छ ।
आठ वर्षदेखि जापानमा अध्ययनको साथै काम गर्दै आएका झमन थापा (किरण) का २०८१ असोज २४ गते २६ वर्षकै अल्पायुमै निधन भएको थियो । मृतक ढेंगाको पार्थिक शरिर नेपाल ल्याउन नसक्दा थप पिडामा डुवेको परिवारले जनाएको छ ।

ढेंगाको परिवार आर्थिक समस्याका कारण मृतक छोराको पार्थिक शरिर ल्याउन नसकेपछि वडा कार्यालयसंग सहयोगको अपिल गरेको छ ।

रामपुर नगरपालिका ४ नं. वडा कार्यालयले नरबहादुर ढेंगामगरको परिवारलाई सहयोग गर्न वडाभित्र रहेका सबै टोल विकास समितिसँग कुरा भैसकेको र थप सहयोगको लागि रामपुर नगर सरकारसँग पनि अनुरोध गरेको जानकारी गराउँदै आर्थिक सहयोग गरिदिनुहुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अपील गर्नुभएको छ । साथै वडा अध्यक्ष रानाले हालसम्म एक सय ६६ जनाले सहयोग गरिसक्नुभएको र सहयोग को अभियान निरन्तर चलिरहेको छ । दुःखको यो अवस्थामा सबैजनाले सक्दो सहयोग गरिदिनका लागि सहयोगको अपिल गरेको छ ।