मित्यालको झ्याल्टुङ्गमा स्कार्पियो दुर्घटना, ९ जना घाइते

बाेलीखबर   ३ असार २०८१, आईतवार १८:३९

पाल्पा। निस्दी गाउँपालिका–४, मित्यालको झ्याल्टुङ्गमा स्कार्पियो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शनिबार भिरपानीमा भएको डेण्टल शिविर बाट फर्किने क्रममा स्वास्थ्यकर्मी सहितको टोली सवार स्कार्पियो दुर्घटना भएको थियो ।
होराईजन डेण्टल क्लिनीक द्वारा सञ्चालित शिविर बाट फर्किने क्रममा बा १५ च ५९४ नम्बरको स्कार्पियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घाइते हुनेमा रामपुर–५, बस्ने २१ वर्षीय डोल्मा खण्डलुु, रामपुर ९ का २८ वर्षीय रचना राना, यस्तै रामपुर–५, बस्ने २० वर्षीय अनिशा सेन ठकुरी, सोही स्थानका २३ वर्षीय ममता श्रेष्ठ, रामपुर ७ बस्ने २० वर्षिय सविता राना, रामपुर ४ बस्ने १९ वर्षीय श्रृया रुचाल, रामपुर ५ बस्ने दीपा हिस्कीमगर, रामपुर ५ बस्ने चालक ३० वर्षीय मोहन अर्याल र ३४ वर्षीय शंकर श्रेष्ठ घाईते हुनुभएको हो । घाईते मध्ये ५ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुलाई उपचारको लागि रामपुर अस्पताल ल्याईएकोमा ५ जनालाई थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुुभयो । स्कार्पियो ब्रेक फेल भई सडकको बायाँ साईडको भित्तामा ठोक्कीएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।