रामसिता रामपुर यातायातको काठमाण्डौंमा टिकट काउण्टर, यात्रुलाई सहज

बाेलीखबर   ६ असार २०८१, बुधबार १५:२८

पाल्पा । रामसीता रामपुर यातायात प्रा.लि.रामपुर पाल्पाले काठमाडौंमा टिकट काउन्टर स्थापना गरेसंगै यात्रुलाइ सहज हुनेभएकाे छ । पाल्पाको रामपुर देखि काठमाडौं सहित विभिन्न स्थानमा स्तरीय हाईस सेवा सञ्चालन गर्ने तयारी गरिरहेको यातायात कम्पनीले मंगलबार काठमाडौं नयाँ बसपार्कमा काउण्टर स्थापना गरेको हो ।

रामपुरमा प्रधान कार्यालय रहेको प्रालिले गोङ्गबु नयाँ बसपार्क पेट्रोल पम्प नजिकै ल्होत्से मलमा प्रालिका सञ्चालक तथा यातायात व्यवसायीहरुको उपस्थितिमा काउन्टर स्थापना गरेको थियाे ।

रामपुर सहित कालीगण्डकीवेशी क्षेत्रका जनताको सहजताका लागी स्तरीय यातायात सेवा प्रदान गर्न कम्पनीले तयारी गरिरहेको जानकारी दिदै रामसीता रामपुर यातायात प्रा।लि।का अध्यक्ष विष्णु सुनारले काठमाडौ देखि रामपुर आउन जानको लागि थप सहज बनाउन काठमाडौमा काउन्टर स्थापना गरिएको बताउनुभयो । साथै कालीगण्डकी करिडोर सञ्चालन संगै यातायात सेवालाई थप सहज र स्तरीय बनाउनका लागि समिति लागि रहेको बताउनुभयो ।

रामपुर तथा कालीगण्डकीवेशी क्षेत्रबाट देशका मुख्य शहरहरुमा यातायात सेवा विस्तारकासंगै गर्ने समितिले जनाएकाे छ ।