बगनासकालीमा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम सुरू

बाेलीखबर   ८ असार २०८१, शुक्रबार ०५:४३

पाल्पा । आदिवासी जनजाति समन्वय समिति, बगनासकाली,पाल्पाकाे आयाेजनामा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम बगनासकाली गाउँपालिका वडा नं.५ काे सामुदायिक सिकाई केन्द्र चापपानीमा बिहिवारदेखि सुरु भएकाे छ ।

तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र बेनप्रसाद थापाले क्षमता भनेकाे के हाे ? याे कसरी अभिवृद्धि हुन्छ ? क्षमता अभिवृद्धिका तरिकाहरु,बैठक सञ्चालनका विधि,प्रक्रिया,निर्णय ,यसका विधि र माईन्यूट लेखनका साथै नेता र नेतृत्व विकासका आधारहरुका बारेमा सहजीकरण गरिरहेका छन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा नं.५ का वडाध्यक्ष थानेश्वर तिमिल्सिनाले आदिवासी जनजातिहरुले आफ्नाे प्रतिभा, क्षमताहरुलाई लुकाएर हैन प्रदर्शन गर्ने बेला आएकाे बताउँदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जाेड दिए । कार्यक्रममा स्वागत समितिका सहसंयाेजक ,साेभबहादुर मगर,स्वागत सचिव दिलीप सारू र अध्यक्षता समन्वय समितिका संयाेजक एवम् वडा नं.७ का वडाध्यक्ष गणबहादुर बुढाथाेकीले गरेका थिए । शुक्रबारसम्म सञ्चालन हुने उक्त तालिममा ४० जना आदिवासी जाजाति समुदायका ब्यक्तिहरुकाे सार्थक सहभागिता रहेकाे छ ।