अखिल नेपाल किसान महासंघले मनायो धान दिवस

बोली खबर   १७ असार २०८१, आईतवार ०६:१९

पाल्पा, यस बर्षको असार १५ पाल्पाका किसानहरुलाई भने जस्तै भयो । शुक्रवार रातीदेखी नै परेको पानीले असार १५ मा झम झम झरी नै लाग्यो । पाल्पाका सबैं जसो किसानहरु पानी परेसँगै फाँटहरुमा निकै व्यस्त देखिए ।
पाल्पाको रामपुरमा पनि अखिल नेपाल किसान महासंघ पाल्पा जिल्ला कमिटीको आयोजनामा धान दिवस मनाइएको छ । “सम्पुर्ण श्रमजीवी किसान एकजुट हौ “भन्ने मुल नाराका साथ जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि भन्दै 21 औ राष्ट्रिय धान दिवस कार्यक्रमम मनाइएको हो ।

शुक्रबारदेखी परेको अविरल बर्षासँगै किसानहरु असार १५ मा मानो रोपेर मुरी उब्जाउन खेत खेतमा काम गरिरहेका देखिन्छन् ।  कोही किसानहरु धान रोप्न व्याडमा विउ काढ्दै छन् । कोही खेतमा आली लगाउँदै छन् । कोही किसान खेतमा माटो हिलाउँदै छन् त कोही ट्याक्टर जोत्दै हिलाउँदै छन् । कोही परम्परागत रुपमा गोरुले जोत्दै हिलाउँदै छन् । कृषिमा आधुनिक प्रविधी भित्रिएसँगै धान रोप्न सहज भएको पाल्पा रामपुरका कृषकहरुले बताए । विगतमा खेतमा काम गर्न कठिन थियो, सहज प्रविधी थिएन तर अहिले प्रविधीसँगै धान  खेतीमा सजिलो भएको छ । शनिबार असार १५ राष्ट्रिय धान दिवसको अबसरमा देश भरी नै केहि न केहि कार्यक्रम गर्ने र धान दिवस मनाइयो ।

त्यसै क्रममा रामपुरमा पनि धान दिवस मनाइएको छ । धान दिवस मनाउन पुग्नु भएका नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य युवराज खनाल बोल्दै धान नेपालको प्रमुख बाली भए पनि उत्पादनले नपुगेको अबस्थामा अब खेत बारी बाझो नराखि उत्पादनमा लाग्न अनुरोध गर्नु भएको छ । कृषि र किसान संग जोडिएको एमाले किसानसँगै रमाउदै उनीहरुको समस्या गुनासाहरु सुन्न र सम्बोधन गर्न किसान महासंघले कार्यक्रम राखेको बताउनु भएको छ ।

कार्यक्रम पाल्पा क्षेत्र नम्बर १ क का माननीय तथा लुम्बिनी प्रदेश का अर्थ तथा उद्योग पर्यटन विकास समिति का प्रमुख राजु प्रसाद श्रेष्ठले समाजका अभिन्न अंग किसान र कृषि प्रति मानिसको बितृष्णा बढीरहेको र युवा बिदेशिने लहड चलीरहेको यो अबस्थामा कृषि प्रति मोह जगाउन कार्यक्रम फलदायि हुने बताउनु हुदै कृषक प्रति सम्मान व्यक्त गर्नु भएको छ ।कृषकको हौसल्ला बढाउदै उनीहरुका पिरमर्कालाई सम्बोधन गर्दै, बाँझा भएका खेतहरुमा धान रोप्ने वातावरण बनाउन लागि परेको  धान दिवसमा सहभागी लुम्बिनी प्रदेश सभा सदस्य श्रेष्ठले बताउनु भएको छ ।

 नेपालको प्रमुख आधार नै कृषि हो, कृषिको आधुनिकरण र व्यवसायिकरण विना दिगो प्रगती हुन सक्दैन हिजो किसान नै हो भोली कृषि नै गर्ने किसान छोरो हु भन्दै कृषक नै एमालेको आधार रहेको पाल्पा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बतौनु भएको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दुर्गा देवी राना , अखिल नेपाल किसान केन्द्रीय सदस्य केदार प्रसद बस्याल श्री कृष्ण आत्रेय ,रोजी खातुन ,केन्द्रीय सल्लाहकार नोल राज भण्डारी लगायय नेकपा एमाले रामपुर नगर कमीटि अध्यक्ष लील बहादुर गाहा लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।

रामपुर ४ भिमसेन टोलको गलमादिमा भएको धान दिवस रोपाइमा बिभिन्न टोल आमा समूह हरू उपस्थिती रहेको कार्यक्रममा बाजा गाजा सहित रोपाइ गरीएको थियो ।

किसानकै खेतमा  पञ्चेबाजाको तालमा एमाले का नेता कार्यकर्ता कृषकहरु नाच्दै रमाउँदै एक आपसमा हिलो छ्याप्दै रमाएका देखिन्थे  । सरकारले विगत २१ बर्ष देखी  कृषकहरुको हौसल्ला बढाउन असार १५ मा राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ ।  

कृषकहरुलाई चाहिने पुर्वाधार तथा यात्रिन्त्रकरणको व्यवस्था मिलाउदै धानको उत्पादन बढाउने, कृषकहरुलाई पोत्साहन गर्ने, हौसल्ला बढाउने र परम्परागत रुपमा खेतीपाती गर्दै आएका कृषकहरुलाई ब्यवसायिक बनाउदै आधुनिक प्रविधीमा रुपान्तरण गर्ने गरी अघाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको छ ।र कृषकलाइ प्रोत्साहन गर्न धान दिवस तथा रोपाई महोत्सव गरेको हो  आयोजकले जनाएको छ । कार्यक्रम किसान महासंघका जिल्ला अध्यक्ष यम बहादुर रावतको अध्यक्षता भएको थियो ।