रामपुरको स्याउली बजार नजिक कालीगण्डकीमा बलेरो जिप दुर्घटना

बाेलीखबर   १९ असार २०८१, मंगलवार ११:२८

पाल्पा । रामपुर नगरपालिका वडा न १ स्याउली बजार नजिक कालीगण्डकी नदिमा बलेरो जिप दुर्घटना भएको छ । लु ३ च ४९५९ को दुर्गा देबि महिला उद्यमी कृषि सहकारी संस्था को गाडी गत शुक्रबार राति खसेको हो ।

प्रहरी कार्यालय रामपुर प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार रिसिराम थापा गाडि चालक र सह चालक लक्ष्मण थापा दुबै सम्पर्कमा रहेको जानकारी दिनु भएको छ । दुबै सामन्य घाइते रहेको जनाएको छ ।

पाल्पा रामपुर न.पा.-१ स्याउलीबजार र तनहुँ घिरिङ गा.पा.-१ जोड्ने मोटरेवल पुलको फलाम चोरेर भाग्दै गर्दा नदिमा खसेको स्थानीयले बताएका छन ।

पुल साइड इन्चार्ज यादब बस्यालले रातिमा सामान चोरी गरि भाग्ने क्रममा गाडी दुर्घटना भएको दाबि गर्नु भएको छ । उहाँका अनुसार करीब २०० थान फलामको टेका हराएकोमा खसेको गाडि भित्र ४०/५० पिस रहेको बताउनु भएको छ ।

यता दुर्गा देबि महिला उद्यमी कृषि सहकारी सहकारीका अध्यक्ष बिजु घिमिरेका अनुसार गाडी भाडामा दिइएको हो तर काम अबैध गरेको बिषयमा सहकारीलाइ जानकारी नभएको बताउनु भएको छ । गाडी खसेपछि चालक सम्पर्कमा नभएको जानकारी गराउनु भएको छ ।

यस बिषयमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।