उपकार सुपरमार्टको शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउदै

बोली खबर   २० असार २०८१, बुधबार २१:१६

पाल्पा,उदाउँदो उन्नत शहर  रामपुरमा उपकार मार्टको शाखा बिस्तार हुन लागेको छ । नगरपालिकाको मुख्य बजार बेझाँडमा शनिबार देखि उपकार सुपरमार्टको दोस्रो शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउने भएको हो । असार २२ गते शनिबार बाट उपकार सुपरमार्ट प्रा.लि.ले रामपुर–५, बेझाँडमा आफ्नो दोस्रो शाखा संगै क्लथ एण्ड फुड बैंक सञ्चालनमा ल्याउन भएको छ ।

मार्टको शाखा तथा क्लथ बैंकको समुद्घाटन महानायक राजेश हमालले गर्ने कार्यक्रम रहेको प्रा.लि.ले जनाएको छ । शुभारम्भको पूर्व सन्ध्यामा उपकार सुपरमार्ट प्रा.लि.ले बुधबार पत्रकार सम्मेलन गर्दै उपकार सुपरमार्ट प्रा.लि.ले शाखा संगै क्लथ एण्ड फुड बैंक स्थापनको बारेमा जानकारी गराएको थियो । उपकार सुपरमार्ट प्रा.लि.का अध्यक्ष विष्णु प्रसाद गौतमले तीन वर्ष देखि रामपुर–५ मटेरीमा मार्ट सञ्चालन गर्दै आईरहेको सन्दर्भमा मुख्य बजार बेझाँडलाई केन्द्रित गरेर शाखा विस्तार संगै क्लथ एण्ड फुड बैंक स्थापना गर्न लागेको जानकारी दिनुभयो । हाल मेटेरी बाट सेवा दिदै आईरहेको अवस्थामा एक करोड बढीको लागतमा बेझाँडमा शाखा स्थापना गरी सञ्चालन गर्न लागिएको बताउनुभयो।


क्लथ एण्ड फुड बैंक नेपालका संरक्षक समेत रहनु भएका महानायक हमाल मार्फत मार्ट संगै क्लथ एण्ड फुड बैंक समुद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
उपकार सुपर मार्ट विभिन्न पेशा र क्षेत्रमा आवद्ध १०० जना युवाहरुको संयुक्त लगानीमा स्थापना भएको थियो । प्रा.लि.ले व्यवसाय संगै सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आएको र सोही अनुसार मार्ट संगै क्लथ एण्ड फुड बैंकको स्थापना गर्न लागिएको बताउनुभयो । मार्ट मार्फत उपभोक्तालाई सुविधा प्रदान गर्नुका साथै स्थानीय उत्पादनको बजारिकरणमा पनि सहजता प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो । नगरका मुख्य बजार क्षेत्रमा पनि थप शाखा सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा क्लथ एण्ड फुड बैंक नेपालका पाल्पा संयोजक सूर्य जिसीले क्लथ बैंकको बारेमा जानकारी गराउनु भएको थियो । क्लथ एण्ड फुड बैंक लामो अनुसन्धान पछि गत फागुन ५ देखि विभिन्न स्थानमा स्थापना गरिएको जानकारी दिनुभयो । पुन प्रयोग गर्नसकिने लुगाहरु प्रशोधन गरी वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । फुड एण्ड क्लथ बैंकले विपद्का समयमा निरन्तर सहयोग गर्दै आईरहेको जानकारी दिनुभयो । उपकार सुपरमार्ट प्रा.लि.का अध्यक्ष विष्णु प्रसाद गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन प्रालिका सूचना अधिकृत सुरज गौतमले गर्नु भएको थियो ।