फ्यामिली सपिङ्ग सेन्टरले ल्यायो मनसुन

बोली खबर   २२ असार २०८१, शुक्रबार ०५:१९

रामपुर नगरपालिका–५, बेझाँड बजारमा सञ्चालनमा रहेको फ्यामिली सपिङ्गले पत्रकार भेटघाट गरेको छ । सेन्टरले ‘मनसुन अफर’ को जानकारी दिन भेटघाट कार्यक्रमको आयोजना गरेको हो । जिल्ला मै पहिलो पटक २०७४ सालमा स्थापना भएको सपिङ्ग सेन्टरले ग्राहाकहरुलाई मध्यनजर गर्दै मनसुन अफर ल्याएको हो ।

अफरको बारेमा फ्यामिली सपिङ्ग सेन्टरका सञ्चालक समसुलहक मियाँले जानकारी गराउनुभएको थियो । रामपुरको बढ्दो शहरीकरण संगै याहाँको आवश्यकतालाई मध्यनजर गर्दै विदेशमा सिकेका सीप प्रयोग गर्ने उद्देश्यका साथ स्थापना भएको सपिङ्ग सेन्टरलाई नयाँ स्वरुपका साथ अघि बढाउन गैरहेको जानकारी दिनुभयो । कालीगण्डकी करिडोर सञ्चालन संगै ग्राहाकहरुको रोजाई अनुसारको स्वदेशी तथा विदेशी सामानहरु ल्याउन थप सहज भएको उहाँले बताउनुभयो ।

उपभोक्ता माझ नयाँ भिजनका साथ अघि बढ्ने योजना अनुसार अहिले वर्षादको समयलाई मध्यनजर गरी अफर ल्याएको जानकारी दिनुभयो । सपिङ्ग सेन्टरमा आउने ग्राहाकहरुलाई लक्ष्यित गरी असार २१ गते असोज २० सम्म मनसुन अफर ल्याउन लागिएको बताउनुभयो । सपिङ्ग सेन्टरले प्रतिहजार सामान खरिदमा एक वटा कुपन प्रदान गरिने र लक्की ड्र बाट छनौट हुने विजेतालाई ७ केजिको वासिङ्ग मेसिन, दोस्रो हुनेलाई २१० लिटरको फ्रिज र तेस्रो हुनेलाई ३२ इन्चको टिभी प्रदान जानकारी दिनुभयो । सपिङ्ग सेन्टरले हाल ८ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ ।