सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो विश्वकप छनोटको उपाधि

बाेलीखबर   १९ कार्तिक २०८०, आईतवार १५:१७

काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो ।

सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले १० रन मात्र जोड्न सक्यो । बिलाल खानले कँसिलो बलिङ गर्दै पहिलो बलमा कुशल भुर्तेललाई आउट गरेका थिए । त्यसअघि अविनाश बोहराले सुपर ओभरमा तीन छक्कासहित २१ रन खर्चिएका थिए ।