मोटरसाइकल दुर्घटनमा रामपुरका एक युवकको मृत्यु

बाेलीखबर   २३ आश्विन २०८१, बुधबार ०९:३०

पाल्पा। सिद्धार्थ राजमार्गमा मंगलबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल पछाडि बस्ने पाल्पाको रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचई ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो ।

थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही रिफर गरिएका उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त दुर्घटना परी घाईते भएका मोटरसाइकल चालक रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने १८ वर्षीय प्रविन उचईको लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भइरहेको छ । उनको अवस्थमा माध्यम रहेको प्रहरीको भनाई छ ।

मंगलबार बेलुका पाल्पाको तानसेन नगरपालिका ८ डुम्रेस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकले सोही दिशाबाट आउँदै गरेको लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरु घाइते भएका थिए ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।