रामपुरमा बृहत लाखे नाच प्रदर्शनी

बाेलीखबर   २ आश्विन २०८१, बुधबार २२:५६

पाल्पा । रामपुरको बेझाँड बजारमा १४ औं बृहत लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवर्द्धन गर्ने उद्देश्यले लाखे नाच प्रदर्शनी गरेको हो ।

कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर २८ समूहको लाखे नाच एउटै मञ्चमा प्रदर्शन गरिएको थियो । रामपुर नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा भएको प्रदर्शनी कार्यक्रम लुम्बिनी प्रदेश सदस्य एवं समाजका संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले नेवार समुदायलाई संस्कृतिमा धनी र व्यापार गर्ने जातिको रुपमा चिनिएको बताउनुभयो । पुर्खा देखि चल्दै आएको संस्कृति संरक्षण गर्दै आए पनि व्यवसाय र रोजगारी कसरी जोगाउने भन्ने विषयमा सोच्ने समय आएको बताउनुभयो । उहाँले रामपुरमा नेवार समुदायको सांस्कृतिक संग्राहालय निर्माण यस वर्ष हुने बताउँदै यो पूवी पाल्पाको मात्रै नभै कालीगण्डकी बेशीका जनताको साझा हुने बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नेवार समुदाय संस्कृतिमा धनी समुदाय रहेको भन्दै विकृति र विसगति हताउँदै अघि बढ्न आग्रह गर्नुभयो ।

रामपुर उद्योग वाणिज्य संघ भोजेन्द्र प्रकाश ढकालले कार्यक्रमले भाईचाराको सम्बन्ध स्थापित गर्नको लागि सहयोग गरेको बताउनुभयो । उहाँले नेवारी संस्कृतिले पर्यटन विकासमा पनि टेवा मिलेको बताउनुभयो ।

कार्यक्रममा नेवाः देय दवु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठ र नेवाः देय दवु चापाकोटका सल्लाहाकार एवं चापाकोट नगरपालिकाका पूर्व उपप्रमुख विमला श्रेष्ठ, आदिबासी जनजाति महासंघ रामपुर नगर समन्वय परिषद्का अध्यक्ष बोम बहादुर नाम्जालीले हाम्रा मौलिक संस्कार र संस्कृति जोगाउन यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।

रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले समाजले नयाँ पुस्तालाई संस्कृतिका बारेमा जानकारी दिन तथा संस्कृतिको संरक्षणको लागि विगत १६ वर्ष अघि देखि कार्यक्रमलाई निरन्तरता दिदै आएको जानकारी दिनुभयो ।

लाखेनाच सहित बेझाँड बजार परिक्रमा पश्चात रामपुर नगरपालिकाको परिसर अगाडी पालै पालो प्रदर्शन गरिएको थियो । विशेष गरी जात्रा, उत्सव, चाडपर्व, मेलाको अवसरमा निकालिने लाखेनाच प्रदर्शनीमा अवलोकनका लागि हजारौंको संख्यामा सहभागी भएका छन् ।

अवसरमा समाजले ६ जना ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको थियो

तस्बिरः फाइल