रामपुरकाे मुख्य बजार क्षेत्रमा अनुगमन

बाेलीखबर   १५ आश्विन २०८१, मंगलवार १४:४८

पाल्पा । चार्डपर्व नजिकै गर्दा रामपुर नगरपालिका भित्रका मुख्य बजार क्षेत्रको सोमबार अनुगमन गरेकाे छ । चाडपर्वको समयमा अखाद्यवस्तुको मिसावत्, म्याद नाघेका सामग्री विक्री वितरण हुन सक्ने भन्दै अनुगमन गरिएको हो ।

टोलीले रामपुर नगरपालिका वडा नं. ५ को बेझाँड बजार, वडा नं. ६ को विजयपुर बजार र वडा नं.७ को किसानबारी बजारका मासु पसल, डेरी उद्योग, माछा पसल, किराना तथा खाद्यान्न पसल, मिठाई पसल लगाएतका ५८ वटा पसलको अनुगमन गरेको हो । अनुगमन टोलीले अनुगमनको क्रममा फेला परेका ६७ हजार ३७२ रुपैयाँ बराबरको म्याद गुज्रिएका सामान जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो ।

टोलीले खाद्यवस्तुको म्याद, भए नभएको, होटल तथा मिठाई पसलमा प्रयोग गर्ने तेलको गुणस्तर मापन, खाद्यवस्तुमा रंग प्रयोगको अवस्था, मासु पसल तथा दुग्ध उद्योगको सरसफाईको अवस्था, नापतौल उपकरण ठिक भएन भएको, व्यवसायदर्ता सम्बन्धित निकायमा गरे नगरेको, अन्तशुल्क तिरे नतिरेको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मूल्य सूची नराखेको, व्यवसाय दर्ता, नवीकरण तथा सूचीकृत नगरेको, म्याद नाघेको पेन्ट, खाद्यवस्तु, पेयपदार्थ, मिठाईको पसलमा प्रयोग गर्न राखिएको रंग लगाएतका अखाद्य वस्तु, सुर्तिजन्य पदार्थ, लगाएतको सामाग्री जफत गरेको थियाे ।

अनुगमन टोलीका संयोजक एवं रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्वच्छ र स्वास्थ्यकर सामान उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार रहेको भन्दै अनुगमनलाई थप सक्रिय बनाउने बताउनुभयो । पर्वहरुमा मात्र अन्य समयमा पनि नियमित अनुगमन गरी मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गरिने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, भैरहवा, रामपुर नगरपालिका, घरेलु तथा सानाउद्योग कार्यालय पाल्पा, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पा, ईलाका प्रशासन कार्यालय रामपुर, ईलाका प्रहरी कार्यालय रामपुर, रामपुर उद्योग वाणिज्य संघ सहितको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुको सरोकारवालाहरुको रहोबरमा रामपुर नगरपालिका कार्यालय परिसरमा नष्ट गरिएको छ