पाल्पा । रामपुरमा दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा उद्यमी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हाे ।
कार्यक्रममा बोल्दैै प्रमुख अतिथी श्रेष्ठले देशको विकासमा उद्योग तथा व्यावसायीक क्षेत्रको महत्वपूण भुमिका रहेको बताउँदै सरकार उद्योग तथा व्यावसायलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेमा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि प्रदेशले औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन ल्याएको बताउनुभयो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय तानसेनका उद्योग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी, व्यवसायी तथा सरोकारवाला संग गहन छलफल पश्चात् ऐन ल्याएको जानकारी दिदै ऐनले नव प्रवर्द्धनको लागि जोड दिएको, नविकरण तथा खारेजीको लागि विशेष व्यवस्था गरिएको र स्थानीय तहलाई अधिकार धेरै प्रदान गरेको बताउनुभयो । ऐन प्रमाणित भएर कार्यान्वयनको चरणमा रहेको बताउँदै नाम परिवर्तनको क्रममा देखिएको समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कार्यपत्र प्रस्तुत गर्दै राज्यको कर नीति र अनुगमनको नीति परिवर्तन गर्नु पर्ने दोहोरो कर निति हटाउन पर्ने बताउनुभयो । उहाँले उद्योगी तथा व्यवसायीको हकहितको लागि संघ निरन्तर रुपमा लाग्दै आएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्याम कुमार पौडेलले यस वर्ष बजेट कटौटी हुँदा उद्योग विकासका कार्यक्रम सञ्चालन गर्न समस्या भएको बताउनुभयो । पछिल्लो समय जिल्लामा उद्योग दर्ता भन्दा धेरै खारेज गर्नेको संख्या बढेको बताउनुभयो । पौडेलले घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्ने सेवा र उद्योग दर्ताको प्रक्रियाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रम रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको स्वागत र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेको सञ्चालनमा भएको थियो । पाल्पामा हाल ३ हजार ७५६ उद्योग र ४ हजार २८५ वाणिज्य फर्म सञ्चालनमा रहेका छन् । नेपाल सरकारको २०७१ चैत्र २० गतेको निर्णय अनुसार नेपालमा २०७२ साल मंसिर ९ गते देखि हरेक वर्ष मंसिर ९ लाई राष्ट्रिय उद्योग दिवसको रुपमा मनाईदै आएको छ ।घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्वयमा आइतबार अन्तरक्रिया भएको हो ।