रामपुर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न 

बाेलीखबर   १५ मंसिर २०८१, शनिबार ०९:४३

पाल्पा। रामपुर नगरपालिकाको प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०८१र०८२ को प्रथम चौमासिक प्रगति समिक्षा सहितको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रम रामपुर नगरपालिकाको आयोजना र सीताकुण्ड मिडिया प्रा।लि। रामपुर पाल्पाको सहजीकरणमा भएको थियो । 

सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले विकासका पूर्वाधार निर्माणको काम अघि बढिरहेको भन्दै निर्माणकार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो । निर्माण सम्पन्न भएका पूर्वाधारको मर्मत सम्भारमा नगरपालिका संगै स्थानियको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले समय मै योजना निर्माणका लागि स्थानीयको साथ संगै गुणस्तरको लागि सबैले निगरानी गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले कृषक तथा व्यवसायीहरुको प्रोत्साहनका लागि नगरपालिकाले पहल गर्दै आएको बताउनुभयो । सबैको सहभागीता र सल्लाह सुझाव बाट मात्रै विकासले गतिलिने बताउनुभयो । नगरको विकासका जनताको सुझाव अपरिहार्य रहेको भन्दै थापाले सुझाव र सल्लाहहरु दिन आग्रह गर्नुभयो । 

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नगरपालिकामा आर्थिक वर्ष २०८१र०८२ मा चालु तर्फ ५५ करोड ६२ लाख ६९ हजार विनियोजन भएकोमा हाल सम्म ११ करोड ६६ लाख १७ हजार ३४ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ४८ लाख ३५ हजार विनियोजन भएकोमा ५७ लाख ३४ हजार ६३० खर्च भएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा हाल सम्म नगरपालिकामा भएका कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा सहभागी मध्ये १८ जना भन्दा बढीले सुझाव सहितका जिज्ञासा राखेका थिए । सहभागीले घर नक्सा पास, गिट्टी बालुवाको टेण्डर तथा उत्खनन्, फोहोर मैला व्यवस्थापन, नगर भित्रका मेडिकलहरुको अनुगमन प्रभावकारी हुन नसकेको, घरहरुको अभिलेखिकरण, छात्रवृति, धानबालीमा देखिएको समस्या, सार्वजनिक यातायातको भाडादर, निकासी कर, नागरिकता सहित सार्वजनिक सेवा लगाएतका विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख गणेश बहादुर कार्की, रामपुर नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवर, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे लगाएतले सम्बोधन गरेका थिए । 

नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रम रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको थियो । उपप्रमुख बालकुमारी थापाको स्वागत बाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार विष्णु घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका सल्लाहाकार, राजनैतिक दल, कर्मचारी, रामपुर क्षेत्रका सरकारी कार्यालय प्रमुख, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।