पावरले होईन मेहनतले काम गरेकोछुः पुर्वमन्त्री राना

दानस मल्ल   २० चैत्र २०७७, शुक्रबार १८:१५

पाल्पा रामपुर, २० चैत्र २०७७  पूर्व मन्त्रि तथा संघिय सांसद मनानीय दल बहादुर रानाले पावरले होईन मेहनतले काम गरेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामपुर पाल्पामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व भूमीसुधार तथा ब्यवस्था मन्त्री रानाले आफु मन्त्री हुदाँ पूर्वी पाल्पा रामपुरमा इलाका प्रशासन, नापी, मालपोतको कार्यालय स्थापना गर्ने सफल भएकाे बताउनु भयाे । साथै भवन निर्माण सकिएर त्यही कार्यालयबाट अहिले सेवा दिइरहेको समेत बताउनु भयो ।

भेलामा नेकपा एमाले का केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश सह इन्चार्ज समेत रहनु भएका दल बहादुर रानाले हिजो नेकपा एक भएको स्थितिमा जे जस्तो भए पनि माधव नेपाल पक्षमा लाग्नु भएका साथीहरू लाई समेत समेटेर लजानु पर्ने बिचार ब्यक्त गर्नु भयो। पाल्पा जिल्लामा माधब नेपाल र केपि ओलि को गुट भनेर कोहि कसैलाई काखा पाखा गर्न पाइने छैन तर पार्टिमा बस्ने तर पार्टी भित्रै समानान्तर गतिबिधी गर्नेलाई भने माफी दिन नसक्ने कुरा ब्यक्त गर्नु भयो।”

नेता रानाले बोल्नु हुँदै ” हिजो मात्रै रामपुर क्षेत्र मा मात्रै ११ करोड ५० लाख को योजना को टेन्डर खुलेको बताउनु भयो। यसै गरि रामपुर नगरपालिका का १ सय ६१ घरलाई कर्कट पाताले छाउन का लागि प्रती घर ५० हजार दिने कार्यक्रम सरकारको भएको तर रामपुर नगर पालिका बाट त्यस्ता ब्यक्ती हरुको नामावली नआएकोले २७ गते भित्रमा त्यस्ता ब्यक्तिहरुको नामावली दिनको लागि अनुरोध गर्नु भयो।”

पाल्पा जिल्लामा माधब नेपाल र केपि ओलि को गुट भनेर कोहि कसैलाई काखा पाखा गर्न पाइने छैन तर पार्टिमा बस्ने तर पार्टी भित्रै समानान्तर गतिबिधी गर्नेलाई भने माफी दिन नसक्ने कुरा ब्यक्त गर्नु भयो।

कार्यक्रममा बोल्नुहुदै एमाले पाल्पा का अध्यक्ष एवम् प्रदेश साम्सद नारायण प्रसाद आचार्य ले “हिजो जे जस्तो गतिविधि भए पनि अब सबै जना सच्चिएर पार्टी एकताको काम मा लाग्नु पर्ने कुरामा जोड दिनु भयो । नेता आचार्य ले ब्यतिगत कुरा लाई भन्दा पनि सस्थागत कुरा प्रमुख कुरा हो त्यसैले अब सबैले आत्म समीक्षा गर्दै मिलेर अगि बढनु पर्नेमा जोड दिनु भयो।” नेकपा एमाले रामपुर नगर इन्चार्च राजु प्रसाद श्रेष्ठ को अध्यक्षता मा भएको कार्यक्रममा नगर कमिटी सदस्य राधिका भण्डारी को स्वागत बाट भएको कार्यक्रममा सम्बिधान सभा सदस्य राधाकृष्ण कडेल, प्रदेश साम्सद युबराज खनाल, पाल्पा काठमाडौ सम्पर्क मन्च अध्यक्ष निल सारु लगायत ले बोल्नु हुँदै बर्तमान राजनिती को सन्दर्भमा बोल्नु भएको थियो। न्यु श्रीनगर होटेल बेझाड बजार पाल्पा मा भएको कार्यक्रम को सन्चालन दामोदर पाठकले गर्नु भएको थियो।

https://www.facebook.com/bolikhabar/videos/492398058585401