स्थानिय युवाहरुले गरे हाइपर मार्केटकाे शिलन्यास

  १२ बैशाख २०७८, आईतवार १४:१७

१२ बैशाख २०७७, रामपुर  रामपुर नगरपालिका वडा नम्बर ६ विजयपुरमा स्थानिय युवाहरुको पहलमा हाइपर मार्केट निर्माण हुने भएको छ । विभिन्न समान एकैठाउँमा उपलब्ध हुने गरि रामपुर नगरपालिका ६ विजयपुरमा दरैठाँटी माध्यामिक विद्यालयको जग्गा १० बर्षका लागि भाडामा लिएर संचालन हुने मार्केटको आज शिलन्यास गरिएको छ ।

भवनको आज बयोबृद्ध लोकनाथ रेग्मीले शिलन्यास गर्नुभएको हो । १३ जना स्थानिय युवाहरुले एक करोड लागतमा दुई तलाको भवन निर्माण गरि मार्केट संचालन गर्ने योजना गरिएको छ । यसैविच रामपुर नगरपालिका वडा नम्बर ८ अम्दाहा कालगण्डकी घाट उत्तरबाहिनी क्षेत्रमा शिवालय मन्दिर शिलन्यास गरिएको छ । मन्दिर निर्माण समितीका अध्यक्ष मनोज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिवालयको कृष्णप्रसाद घिमिरेले शिलन्यास गर्नुभएको छ ।

धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्ने लक्ष्य राखिएको त्यसक्षेत्रमा शिवालय मन्दिरसँगै प्रतिक्षालय निर्माण तथा कालीगण्डकी किनारदेखि मन्दिर परिसरसम्म आउने बाटोसमे व्यवश्थित गरिने लक्ष्य राखिएको विमल घिमिरेले जानकारी दिनुभएको छ ।