खेलकुद

रामतुलसी माविलाई राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

  ८ माघ २०८०, सोमबार १०:४४        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जित हात पारेकाेछ । तीन दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको हो । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा ९...

सरस्वती माविले जित्याे निस्दीकाे ‘पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड’ काे उपाधी

  २९ पुष २०८०, आईतवार १४:४९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका भित्रको अन्तर माध्यमिक विद्यालय तह स्तरीय विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै सरस्वती मावि वडा नं। ५ ले रनिङ्ग शिल्ड हात पारेकाे हो । तीन दिन सम्म भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो...

‘सातौं मण्डली कप-२०८०’ को उपाधि निस्दी भलिबल क्लबलाई

  २७ कार्तिक २०८०, सोमबार ११:०४        बोली खबर

पाल्पा । मण्डली स्पाेटर्स क्लबकाे आयोजनामा पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवामा सन्चालन भएको सातौं मण्डली कप-२०८० अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको तर्फको उपाधि निस्दी भलिबल क्लब पाल्पाले हात पारेको छ । प्रतियोगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३र२ को अन्तरमा हराउदै आफ्नो पक्षमा जीत निकालेको हो । त्यसैगरी...

‘सातौं मण्डली कप–२०८०’ सिलुवामा सुरु

  २३ कार्तिक २०८०, बिहीबार १३:१९        बोली खबर

पाल्पा ।  मण्डली स्पोर्टस् क्लव पूर्वखोला –१ सिलुवा,पाल्पाको सातौं मण्डली कप–२०८० अन्तर्गत खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम मंगलबार देखि शुरु भएको छ । कार्तिक २२ गते देखि २५ गते सम्म सन्चालन हुने प्रतियोगितालाई लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।...

सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो विश्वकप छनोटको उपाधि

  १९ कार्तिक २०८०, आईतवार १५:१७        बोली खबर

काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले १० रन मात्र जोड्न सक्यो । बिलाल खानले कँसिलो बलिङ गर्दै पहिलो बलमा कुशल भुर्तेललाई आउट गरेका थिए ।...

घिरिङ १ तनहुँलाई ‘बगर कप–२०८०’ को उपाधी

  १७ कार्तिक २०८०, शुक्रबार १२:१३        बोली खबर

पाल्पा । रामपुरमा भएको बगर कप–२०८० अन्तर्गत दोस्रो भलिबल प्रतियोगिताको उपाधी घिरिङ गाउँपालिका १ तनहुँले हात पारेकाे छ । बगर युनाईटेड क्लव रामपुर पाल्पाको आयोजनमा गत कार्तिक १२ गते देखि भएको वडास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा चापाकोट नगरपालिका २ लाई २र१ सेटले पराजित गर्दै घिरिङ १ ले उपाधी जितेको...

माथागढीमा जनप्रतिनिधि र पत्रकार बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने

  १ कार्तिक २०८०, बुधबार १२:४९        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाका जनप्रतिनिधि र नेपाल खेलकुद पत्रकार मञ्च बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको बडादशैं, दिपावली, छठ र नेपाल सम्वत् लगाएतका चाडको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाले आयोजना...

न्यु युथ युनियन तानसेनलाई ज्योतिपुञ्ज कपको उपाधि

  २९ आश्विन २०८०, सोमबार १८:०४        बोली खबर

रामपुर । आईतबार सम्पन्न ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु युथ युनियन क्लब, तानसेन पाल्पाले जितेको छ । डर्बी भिडन्तका रुपमा रहेको फाइनलमा न्यु युथ युनियनले अर्को पाल्पाली टोली आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुरलाई हराउँदै च्याम्पियन बनेको हो । रामपुर–७, किसानबारीमा आयोजक क्लब कै खेलमैदानमा भएको उपाधि...

ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु, सामाजिक विकास मन्त्रीद्धारा उद्घाटन् (तस्बिर सहित)

  २२ आश्विन २०८०, सोमबार १८:२३        बोली खबर

पाल्पा । रामपुर–७ किसानबारीमा आज (सोमबार) देखि ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । ज्योतिपुञ्ज युवा क्लवको आयोजनामा विशेष समारोहका बीच आज कपकाे उद्घाटन भएको हाे । कपको उद्घाटन गदै प्रमुख अतिथि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तले संघियता पूर्ण रुपमा कार्यान्वयन नभएपनि खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता...

माथागढीमा साविक वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

  १४ जेष्ठ २०८०, आईतवार ११:१५        बोली खबर

पाल्पा । तीन कन्या बाल क्लब, माथागढी-७, रहवास मटेरीले आयोजना गरिएको साविक वडा स्तरीय भलिबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ। ४० समूह सहभागी रहेको प्रतियोगितामा उदय युवा क्लब, माथागाढी-७, रहवास- ओखरीगौंडाको टिम च्याम्पियन बनेको हाे। प्रतियोगिता ३ दिन सक्ने  बताइए पनि सहभागी समूहको उल्लेख्य उपस्थितिले गर्दा ४ दिनमा लम्बिएको...