पाल्पा । लुम्बिनी प्रदेशबाट बिभिन्न शिषर्कमा विनियोजित बजेटका योजनाहरूको अनुगमन भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले अनुगमन गर्नु भएको हो ।
रामपुर नगरपालिका भित्र पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित आ.व. २०८१।८२ मा रामपुर नगरपालिका रामपुर वार्ड नं ३ को सानिअमराई-रातमाटा- कामिगाउ – गुहेपिपल हुँदै वार्ड कार्यालय जाने बाटोमा रू १० लाख रूपैया , रामपुर वडा न ३
ढापखोला सहरी स्वस्थ्य क्लिनिक हुँदै अधेरिखोला पुल जोड्ने बाटोमा रू १० लाख रूपैया, रामपुर नगरपालिका वडा न ४ ठूलो लस्करे ब्यास बसपार्क बाटो स्तरोन्नतिका लागि रू ३० लाख बराबर रहेका योजनाहरुको अनुगमन गर्नु भएको हो ।
अनुगमन गर्नु हुदै सभापति श्रेष्ठले आयोजना समयमै सम्पन्न हुने बताउनु भएको थियो । बिनियोजित बजेटको काम , गति र गुणस्तरको विशेष अनुगमन गरीयको जानकारी गराउदै आफ्ना घर वरीपरी आफ्ना ठाउँको बजेट काम , गुणस्तरीयता का बिषयमा सबै जनताले पनि चासो राख्ने पर्ने बताउनु भएको थियो ।
अनुगमनमा स्थानिय र सरोकारवालाको उपस्थिति रहेको स्वकीय सचिब सन्देश ढकालले जानकारी गराउनु भएको छ ।