पाल्पा, रामपुर उद्योग वाणिज्य संघले चौथो रामपुर महोत्सवको अबसरमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेको छ ।यहि माघ १५ देखि २७ गते सम्म हुन गैरहेको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलाको विषयमा रामपुरमा क्रियाशिल सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेको हो ।
आर्थिक समृद्धिका लागी उद्योग र व्यापार , कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा का साथ सुरु हुन लागेको
मेलाको तयारीको विषयमा हाल सम्म भएका कार्यहरु बारे जानकारी गराउँदै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाललेउद्योग तथा व्यवसायलाई थप चलायमान गराउनुका साथै कालीगण्डकी उपत्यकाको पर्यटन प्रवद्र्धन, संघको निर्माणाधिन भवनलाई पूर्णता, घरेलु तथा कुटिर उद्योग, कृषिको उत्थान, याहाँ रहेका कला संस्कृतिको पनि जगेर्ना गर्नेुका साथै याहाँका व्यावसायिक सम्भावनाको उजागर गरी ठूला लगानी मैत्री वातावरण सृजना गर्नु चौथो उद्देश्य रहेको बताउनुभयो ।
यस पटकको महोत्सव रामपुर क्षेत्रमा ठूला लगानी कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित रहने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘विगतको पहिलो र दोस्रो महोत्सवको माध्यम बाट रामपुर क्षेत्रलाई चिनाउन सफल भयौं । तेस्रो महोत्सवमा कोरोना महामारीले प्रभावित बनाएको उद्योग व्यवसायलाई थप चलायमान गराउने लक्ष्य लिएर महोत्सव सम्पन्न गर्यौं
रामतुलसी माविकाे खेल मैदानमा हुने मेलामा कृषि, हस्तकला, घरेलु तथा कुटिर उद्योग, स्थानीय खानाका परिकारलाई प्राथमिकता दिईने उहाँले प्रष्ट पार्नुभयो । करीब ३०० स्टल हुने जानकारी गराउदै स्थानीय व्यापारीहरुलाइ सौलिएतमा स्टल दिइने बताउनु भएको छ ।
महोत्सवमा यस पटक खुल्ला क्लव स्तरीय भलिबल प्रतियोगिता, प्याराग्लाईडिङ्ग समेत रहने जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघको आधिकारिक रुपमा संघले सदस्य प्राप्त गरेको जानकारी दिदै महासंघको सहकार्य गरेर ठूला लगानी कर्तालाई रामपुर ल्याउन प्रयत्नशिल रहने बताउनुभयो । संघले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ ।
अध्यक्ष ढकालले विगतका मेला महोत्सवको अनुभव संगै सबैको सुझाव र सल्लाह अनुसार कसरी व्यवस्थित गर्ने भन्नेमा केन्द्रित रहने जानकारी दिनुभयो । यस पटक व्यवस्थित र मितव्ययी ढंग बाट मेला सञ्चालन गर्ने गरी तयारीको कार्य भैरहेको बताउनुभयो । मेला सफल बनाउन ३२ वटा उपसमिति गठन गरिएको जानकारी दिनुभयो । मेलामा चार देखि पाँच करोड सम्म कारोबार गर्ने लक्ष्य लिएको छ । संघले सबैको साथ र समन्वयले संघले रामपुरलाई पहिचान दिलाउन सफल भएको र मेलालाई रामपुरको मात्रै नभै कालीगण्डकी वेशीको साझा मेलाको रुपमा स्थापित गर्नका लागि लागिरहेको ढकालले बताउनुभयो ।
छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले आफ्ना सुझाव सहितका रायहरु व्यक्त गरेका थिए । रामपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक बासुदेव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासंघका निवर्तमान महासचिव कृष्ण प्रसाद पौडेलले गर्नु भएको थियो । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा हुन गैरहेको मेलाको विषयमा संघले चरणबद्ध रुपमा विभिन्न सरोकारवाला संग सुझाव संकलनका लागि छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।