आई.एम.ई. लाइफ इन्स्योरेन्स रामपुर शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावकलाई बीमा सचेतना पाल्पा, रामपुर । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर, पाल्पा शाखाले आफ्नो स्थापनाको ९औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै अभिभावकहरूलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ। वार्षिकोत्सवको अवसरमा पाल्पाको निस्दी गाउँपालिका–५, बेलौजीस्थित श्री लाङघाली...
होम राई मगरपाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी–६, अर्चले, पाल्पाको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लाल बहादुर बयम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जानुमाया खन्गाहा, सचिवमा अनिल राना र कोषाध्यक्षमा अनुपा राई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा जोग बहादुर बयम्बु,...
रामपुर नगरपालिकाले तीज विषेश कार्यक्रमका लागि छुट्याएको बजेट बाढी पिडितका लागि सहयोग गर्ने पाल्पा, रामपुर नगरपालिकाले बाढी पिडितका लागि राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको छ । भाद्र १० गते बुधवार विहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पिडित परिवारका लागि राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले प्रत्येक...
विदेशको मरुभूमिदेखि आफ्नै बारीको हरियालीसम्मगण्डकी बेंसीमै पहिलो मेवा खेती, रामप्रसादको माटोसँग जोडिएको नयाँ जीवनआनन्द र शान्तिका लागि कृषि नै उत्तम रहेछ’रामपुर पाल्पा । कुनै समय थियो—रामप्रसाद भट्टराईको हातमा माटोभन्दा पासपोर्ट बढी चल्थ्यो। राम्रो आम्दानीको खोजीमा उनी भारत पुगे, त्यसपछि दुबई। परदेशमा पसिना बगाए, कमाए र केही सपना बोकेर आफ्नै...
विदेशमा कमाइन्छ पैसा, घरमा हराउँदैछ मान्छे रेमिट्यान्सले उभ्याएका पक्की घरभित्र लुकेको भावनात्मक खालीपन र सामाजिक विघटनको कथा “पैसा पठाएँ है, घरको खर्च चलाउनु।” मोबाइलमा आएको यो एउटा सन्देशले घरको खर्च त चलाउँछ, तर के घर पनि चलाउँछ? यही प्रश्नबाट सुरु हुन्छ नेपाली समाजको एउटा नदेखिएको कथा। आज गाउँमा पक्की...
पाल्पा, रामपुर।“टायल्स लगाऔं, घरलाई आकर्षक बनाऔं” भन्ने उद्देश्यका साथ रामपुर नगरपालिका–५, मटेरी जाने सडकमा आ एन बिजनेस लिंक प्रा.लि. अन्तर्गत सञ्चालित Tiles & Granite Zone औपचारिक रूपमा सञ्चालनमा आएको छ। अशोक श्रेष्ठ एण्ड टिम को संयुक्त पहलमा सञ्चालनमा ल्याइएको यस शोरुमले आधुनिक प्रविधियुक्त टायल्स, ग्रेनाइट, मार्बल, सेनेटरी सामग्री, धारा...
पाल्पा। रम्भा गाउँपालिका–३ पिपलडाँडाको आयोजना तथा वडा कार्यालय र रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा तयार गरिएको ‘पिपलडाडा दर्पण’ पुस्तकको विमोचन कार्यक्रम रम्भा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। पिपलडाँडाको धार्मिक, पर्यटकीय, ऐतिहासिक तथा समसामयिक पक्षलाई समेट्दै स्थानीय विकासका गतिविधिलाई दस्तावेजका रूपमा सुरक्षित गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो। कार्यक्रममा पिपलडाडा दर्पण...
पाल्पा। रामपुर नगरपालिका–५ नं. वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना, कार्यक्रम तथा विकास गतिविधिको समीक्षा गर्दै आगामी आर्थिक वर्षका प्राथमिकता तय गर्ने उद्देश्यले सरोकारवालासँग वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडाभित्रका राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, महिला, युवा, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको...
पाल्पा । “सुखी, समृद्ध, सुसंस्कृत शहर, समुन्नत रामपुर, हाम्रो रहर” भन्ने मूल नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा वडा नं. ४ मा महिला समूहलाई लक्षित गरी सामाजिक सुरक्षा, लैङ्गिक उत्तरदायी बजेट तथा सबै प्रकारका दुर्व्यवहार सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। रामपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामबहादुर रानाको...
पाल्पा । आदिवासी जनजाति महिलाहरूमा रहेका परम्परागत ज्ञान, सीप र उद्यमशीलताको पहिचान, संरक्षण, प्रवर्द्धन तथा बजारीकरणमार्फत आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले आयोजित दुई दिने अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रैयाँ नेपालको आयोजनामा रम्भा गाउँपालिका–२ स्थित सामुदायिक रानीबास होमस्टेमा २०८३ जेठ २९ र ३० गते कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा...