पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना हुन लागेका जनप्रदर्शनहरू मध्ये पाल्पामा हुने प्रदर्शनका लागि तयारी तीव्र पारिएको एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागले जनाएको हो ।...
पाल्पा, रामपुर ।रामपुर नगर क्षेत्रमा पछिल्ला वर्षहरूमा विकास र पर्यटन प्रवर्द्धनका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन्। लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट प्राप्त बजेट अन्तर्गतका विभिन्न महत्वपूर्ण पर्यटकीय तथा पूर्वाधार योजनाहरूको सर्वेक्षण कार्य हालै सम्पन्न भएको छ।यो कार्य लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति...
होम राई मगरपाल्पा / २३ कार्तिक । निस्दी गाउँपालिका पाल्पामा एकीकृत शैक्षिक प्रणाली सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापन र निस्दी गाउँपालिका पाल्पाको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले विद्यालयलाई पारदर्शी र व्यवहारिक बनाउनका लागि तालिम...
पाल्पा ।आगामी मंसिर ९ गते रामपुर नगरपालिकामा भव्य रूपमा मनाइने विवाह पञ्चमी उत्सवलाई सफल र गरिमामय बनाउनका लागि विहिवार रामपुर नगरपालिकाको कार्यकक्षमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले विवाह पञ्चमीलाई रामपुरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण उत्सवका रूपमा स्थापित गर्नुपर्नेमा जोड...
पाल्पा, तिनाउ गाउँपालिका–४ (सत्यवती ताल) —पाल्पाको धार्मिक तथा सांस्कृतिक गौरवका रूपमा चिनिने सत्यवती बज्यै मन्दिर र सत्यवती तालमा यस वर्ष पनि कार्तिक शुक्ल पूर्णिमाको अवसरमा भव्य मेला लागेको छ।देशका विभिन्न स्थानबाट आएका हजारौँ भक्तजनले आफ्नो मनोकामना पूरा होस् भनी देवीको आराधना गरेका छन्। अनौठो परम्परा : “बज्यै बहिरी हुन्”...
रामपुर, पाल्पा —गत करिव २ वर्ष अघि असोज महिनामा आएको हावा–पानीले क्षति पुर्यारएको भनिएको बेझाड बजार नजिकैको शिव मन्दिरलाई कृष्ण मन्दिरको आडमा पुनःनिर्माण गर्ने निर्णय भएको छ । पछिल्लो समय रामपुरको जनचासोको विषय वनेको नगरपालिका प्राङ्गगणमा रहेको शिवालय मन्दिर निर्माण र वेझाड वजार बाटोको विषयमा भएको छलफल भएको थियो...
पाल्पा ।जिल्ला प्रहरी कार्यालय पाल्पाले गत जेनजी आन्दोलनका क्रममा फरार भएका थप एक अभियुक्तलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंबाट भदौ २३ र २४ गतेको आन्दोलनका बेला फरार रहेका पूर्वखोला गाउँपालिका–३ निवासी ३५ वर्षीय रुद्र प्रसाद न्यौपानेलाई आइतबार दिउँसो नियन्त्रणमा लिइएको हो। बैंकिङ कसुर मुद्दामा दोषी ठहर...
पाल्पा, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनारले शान्ति सुरक्षा प्रदानका लागि प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख बाट सरुवा भएर आउनुभएका सुनारले कार्यालयमा आइतबार सञ्चाकर्मीहरु संग परिचयात्मक भेटघाट गर्नुहुँदै सबैको साथ र सहयोग लिएर सर्वसाधारण नागरिकलाई आफू सुरक्षित छु भन्ने महसुश...
पाल्पा । हरिबोधनी एकादशीको अवसरमा शनिबार कालीगण्डकी नदी किनारका विभिन्न तटीय क्षेत्रमा भव्य मेला लागेको छ। धार्मिक आस्थाका साथ विहानैदेखि भक्तजनहरू स्नान र दर्शनका लागि नदी किनारमा लाम लागेका थिए।कालीगण्डकीमा यस दिन स्नान गरे मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यही विश्वासका साथ पाल्पा, स्याङ्जा, नवलपुर लगायतका विभिन्न...
होम राई मगरपाल्पा / ११ कार्तिक । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,नारीभङ्ज्याङ्गमा सन्चालित प्रथम लेकाली कपको उपाधि गेझा बर्दलेले हात पारेको छ । कार्तिक ८ गते देखि सन्चालन भएको खुला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा गेझा बर्दलेले चापाकोट स्याङ्जा माथि २-१ को अन्तरमा जीत निकालेको हो । बिजेता टीमले नगद...