पाल्पा २६ पौष
प्रेस चौतारी नेपाल पाल्पाले ८ जना पत्रकारसहित, महासंघमा निर्वाचितलाई र जनप्रतिनिधीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, पुरस्कारदाता, प्रेश चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्य र जिल्ला अध्यक्ष कृष्ण कार्कीले लगायतले टिका, माला, दोसल्ला, नगद सहित सम्मानपत्रबाट पुरस्कार वितरण गर्नु भएको थियो ।
तुल बहादुर अधिकारीले स्थापना गरेको प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कार बाट कृष्ण पोखरेल, ओम बहादुर घर्तिमगरले स्थापना गरेको भद्र बहादुर स्मृति पत्रकारिता पुरस्कार बाट नारायण न्यौपाने, राम बहादुर राउतले स्थापना गरेको तुलसा÷तुल बहादुर स्मृति पत्रकारिता पुरस्कार बाट भुवन रायमाझी,, द्धारिका प्रसाद नेपालले स्थापना गरेको सिता देवी स्मृति पर्यटन पत्रकारिता पुरस्कार बाट विजय वौडेल, विष्णु बहादुर कार्कीले स्थापना गरेको गिता स्मृति पत्रकारिता पुरस्कार बाट दयाराज न्यौपाने, राजेश कुमार अर्यालले स्थापना गरेको रेडियो पत्रकारिता पुरस्कार बाट गुणवती के.सी. राजु प्रसाद श्रेष्ठले स्थापना गरेको शेष कुमारी÷लोक कुमारी पत्रकारिता पुरस्कार बाट खेमराज पाण्डे र विनोद श्रेष्ठले स्थापना गरेको पुतली देवी रुपनारायण स्मृति पत्रकारिता पुरस्कार बाट शोभाकान्त पाठक पुरस्कृत हुनु भएको छ ।
प्रेस चौतारी पाल्पाले पत्रकारितामा निरन्तर सक्रिय रहेका पत्रकारहरु लाई बार्षिकरुपमा पुरस्कृत गर्दै आएको छ । यसैगरी प्रेश चौतारीलाई संस्थागत रुपमा सहयोग गरेकोमा तानसेन नगरपालिकाका पुर्व नगर प्रमुख अशोक कुमार शाही, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा र रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीलाई सम्मान गरेको छ । यसैगरी पत्रकार महासंघमा निर्वाचित कमलराज तिमिल्सेनाको नेतृत्वमा निर्वाचित सबै पदाधिकारी, कार्यसमिती सदस्य र पाल्पाबाट प्रतिनिधीत्व गर्ने प्रदेश सदस्यहरुलाई प्रेश चौतारी पाल्पाले सम्मान गरेको छ ।
बधाई तथा सम्मान कार्यक्रममा लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले राम्रो काम र कर्म गर्नुस सम्मान हुने अवशर सवैको आउने बताउनु भएको छ । स्वास्थ्यमन्त्री सारुले विचार आ आफ्नो भएपनी समाचार निष्पक्ष, बस्तुनिष्ट, सन्तुलित हुनुपर्नेमा र गलतलाई, गलत हो भन्ने हिम्मत र शाहस पत्रकारमा हुनुपर्नेमा जोड दिनु भएको छ।
प्रेश चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्यले प्रेश चौतारी पाल्पा शाखा देशकै नमुना शाखा भएको र सबैलाई बाटो देखाउने काम गरेको बताउनु भएको छ।
कार्यक्रममा प्रदेश सासद राजु प्रसाद श्रेष्ठले अहिले मिस इनफरमेसन, डिस इनफरमेसन र फेक इनफरमेसनको कारण राजनितिक दल देखी पत्रकारहरु सम्मलाई चुनौतीको विषय बनेको बताउनु भएको छ।
बरिष्ट पत्रकार मेघराज शर्माले सबैले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनु भएको छ । जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंकनाथ खनालले सबैपक्षले आत्म अनुशासनमा बसेर काम गरेमा देशले चाडै फड्को मार्ने बताउनु भएको छ ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगर, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पाटीका दिलिप घिमिरे, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, लुम्विनी संचार समन्वय परिषदका अध्यक्ष यम गाहा मिलन, तानसेन नगरपालिकाका पुर्व प्रमुख अशोक कुमार शाही, प्रेश चौतारी इन्चार्ज राजेश कुमार अर्याल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल लगायतले पुरस्कृत र सम्मानितहरु लाई बधाई दिदै सबैले आ आफ्नो जिम्मेवारी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको छ । प्रेश चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रम, पुरस्कार छनोट समितीका संयोजक एव निवर्तमान अध्यक्ष राजेन्द्र लिगलको स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा भएको थियो ।