श्री बराहा कृषि सहकारी संस्था लि.ले १४औं वार्षिक सधारणसभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ ।
रामपुर नगरपालिका वडा न ८ मा बराहाटारमा कार्यक्रम सप्पन्न भएको हो ।
संस्थाको अध्यक्ष छाया चन्द्र पङ्गेनीको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ , उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ रहनु भएको थियोे ।
प्रमुख अतिथि श्रेष्ठले बोल्दै सहकार्य र सह अस्तित्व हुने भएकोले सहकारीमा सबैको अपनत्त्व हुने बाताउनु भएको छ । बचत गर्ने बानीको बिकास र सुरक्षीत भबिस्यको लागी सहकारीमा बचत गर्दै समृद्ध बन्न आग्रह गर्नु भएको छ । व्यवसायीक कृषिमा जोड दिनु पर्ने एक्लै काम गर्न समस्या भए सामुहिक रुपमा कृषिलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नु भयो।
संस्थाको उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेले स्वागतको स्वागत बाट सुरु भएको कार्यक्रममा वार्ड अध्यक्ष दिनेश आचार्यले कृषि र कृषकलाइ आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन सचिव बिष्णु घिमिरेले गर्नु भएको थियो। साधारणसभामा
नियमित बचत कर्ता भिमराज घिमिरे र कमला भण्डारीलाई सम्मान गरीएको थियो ।