रामपुर, प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीय देखि संघको निर्वाचन सम्म गठबन्धन संयुक्त रुपमा जानु पर्ने बताएका छन् । राष्ट्रिय सभाका नव निर्वाचित सदस्य एवं एकिकृत समाजबादीका केन्द्रिय सदस्य राजेन्द्रलक्ष्मी गैरेले पाल्पाको रामपुरमा बधाई तथा शुभकामना ग्रहण गर्दै गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका हुन् । लुम्बिनीमा एकिकृत समाजवादी पछि रहे...
नेकपा एमाले पाल्पाद्धारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।जिल्ला भित्रको बिभिन्न बिषयमा प्रसासन कार्यालयमै पुगि ध्यानाकर्षण गराएको हो ।नेकपा एमाले पाल्पाले जिल्लाका विभिन्न समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकषर्ण गरेको छ । भेटघाटमा जनताले अनुभव गर्ने पहिलो सरकार स्थानिय निकायको निर्वाचन समयमै गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई...
पाल्पा । नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले जनताले आफ्नो जनप्रतिनिधि चुन्ने र चुनिन पाउने अधिकारलाई बर्तमान सरकारले बञ्चित गर्न खोजेको बताउनु भएको छ । नेकपा एमाले पाल्पाले तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गैरेले अहिले मुलुकमा संबिधान असफल हुनबाट बचाउन सबै लागिपर्नु पर्ने बताउनु भएको छ । अहिले गठबन्धन...
आलु कृषकहरुको भेला मंगलबार कृषि सेवा केन्द्र रामपुरमा बसेको छ । भेलाले रामपुर चिस्यान केन्द्रमा राखिएको आलु बिगिएपछि सहजीकरण संघर्ष समिति गठन गरेको छ ।रामपुर चिस्यान केन्द्रमा भण्डारण गरिएकाे विउ अालु विग्रिए पछि किसानले बिभिन्न चरणमा क्षतिपुर्ति माग गर्दै आएका थिए । माग गर्दै आए पनि सुनुवाइ नभएको र...
निस्दी अर्चलेको सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण सम्पन्न भएको छ । निस्दि गाउँपालिका वडा नम्बर-६,अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण कार्य सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको यसै आर्थिक बर्षको ३ लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको ४० हजार गरि ४ लाख रुपैयाँको लागतमा निर्माणकार्य...
पाल्पा – जिल्लाको तानसेन–६, बर्तुङ्मा ट्याक्टरले स्कुटीलाई ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–३, सराईकी ५५ वर्षीया कान्तिसरा गाहा रहनुभएको छ । बुधबार दिउँशो २ बजे तानसेन नगरपालिका–६ बर्तुङ्मा चोक स्थित बर्तुङ्मा देखि प्रभासतर्फ जादैँ गरेको लु ३ च ४६१५ नम्बरको पानी बोक्ने ट्याक्टर...
पाल्पा । राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३...
पाल्पा । दमकडा माध्यमिक विद्यालय पाल्पाले इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुमा नमूना कार्य प्रदर्शन गर्दै आएको र उत्कृष्ट नतिजा दिने गरेको दमकडा माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको हो । यो अवार्ड २०२०–०२३ का लागि प्राप्त भएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद...
काठमाडौं । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४...
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले वडा नं.७,रहवास, मौलाथर क्षेत्रमा लोप हुन लागेको आरन संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले रु. ४ लाख बराबरको आरन सुधार प्रविधि हस्तान्तरण गरेको हाे। गाउँपालिकाले प्रदान गरेको विविध आरन सुधार सामग्री प्राप्त पछि सन्तलाल बि. क.ले “हामी पुस्तौंदेखि यो पेशा गर्दै आइरहेका छौं तापनि हाल...