१७ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन्...
काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो । उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ । उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । यो...
काठमाडौं । कोरोना महामारीले सिनेमा हल बन्द हुँदा हलिउडदेखि बलिउडसम्मका धेरै चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज भए । अपेक्षित अफर गरेपछि डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गर्न निर्माताहरु तयार भए । विश्व चलचित्र बजारमा राज गरेका हलिउड, बलिउडका ठूला ब्यानरकै चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुँदा कोरोनाले घरमै थुनिएका बेला पनि दर्शकले...
पाल्पा, निस्दी गाउँपालिकामा रोटरी क्लव रामपुर, पाल्पाको संयोजन तथा हेल्पडेमको सहयोगमा सुइटर वितरण गरेको छ । निस्दी ३ झिरुबासको लक्ष्मी मा.वि. र निस्दी ४ मित्यालको गौरीशंकर मा.वि.मा कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई जाडोमा लगाउने सुइटर हस्तान्तरण गरेको हो । रोटरी क्लवको रोटरी मेम्बर तथा रामपुर बचत तथा...
पाल्पा रामपुर पाैष १० समस्या नभएकाले पनि पाल्पाको रामपुर नगरपालिका–६ का किसान आलुखेतीमा हौसिएका छन ।पाल्पाको रामपुरमा लुम्बीनी प्रदेशको एक पालिका एक उत्पादन अन्तरगत आलु खेति गरिएको छ । रामपुुर नगरपालिका वडा न ६लाई आलु पकेट क्षेत्र बनाउने रामपुर नगरपालिको अभियानमा यस वर्ष प्रदेश सरकारले आलु पकेट क्षेत्रका लागि...
१० पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् । नेकपाको प्रदर्शनलाई...
काठमाडौं । नेकपा ओली समूहले कार्यकारी अध्यक्षबाट पुष्पकमल दाहाललाई कारबाही गर्दै हटाएको छ । विधान, पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनलाई केन्द्रीय कमिटी बैठकले कारबाही गरेको हो । साभारः बाहखरी
६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् । ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ...
६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
५ पुस, काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश...