बुटवल, १ चैत्र २०७७, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा शुक्रबारदेखि चलेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनले संघको सस्थापक अध्यक्ष बिनोद पहाडीलाई पुन: अध्यक्षमा सर्वसम्मत निर्बाचित गरेको छ । संविधान सभा सदस्य रहि सकेका पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष समेत...
पाल्पा, जिल्लाको पूर्वखोला गाँउपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबारदेखि चलेको मुटुरोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिङ्नेरहस्थित कोभिड-१९ अस्पतालमा दुई दिनसम्म चलेको उक्त शिविरमा ५२५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । काठमाडौँबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा आएको १५ जनाको समूहले...
पाल्पा, आज फागुन कृष्ण चतुर्दशी, अर्थात महाशिवरात्री । आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । भगवान शिवलाई आरध्यदेवको रुपमा मान्दै आएका वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।शिवजी उत्पत्ति भएको रातका नाम बाट नामकरण भएको यो पर्व...
काठमाडौँ — यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि...
२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा नै दर्ता गरेको थियो ।...
सार्वजनिक स्थलमा हिडडुल गर्दा होस वा सवारी साधनमा यात्रा गर्दा या त कुनै भेटघाट गोष्ठि कार्यक्षेत्र नै किन नहोस महिला अत्यन्तै असुरक्षित भएको महसुस गरिएको छ । हुदाँ हुदाँ विद्यालय पनि असुरक्षित भएको छ । मौका पारेर सवेंदनशिल अंगहरु छुने, अश्लिन शब्द प्रयोग गरेर जिस्काउन खोज्नेको कुनै कमि छैन...
काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटाएको छ । सरकारी वार्ता टोली र विप्लवबीच आज भएको तीनबुँदे सहमतिमा प्रतिबन्ध हट्ने उल्लेख छ । “नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट...
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै जिम्मेवारी सम्हाल्ने जिम्मेवारी आएपछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई कुनै लोभ नभएको तर जिम्मेवारी आए पछि हट्नु पनि नहुने बताए । ‘कांग्रेसलाई पदको लोभ पनि छैन, काँधमा जिम्मेवारी आयो भने भाग्ने पनि...
पाल्पा, मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगर भित्रका २ सय जेष्ठ, असाहाय तथा विपन्न नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगर भित्रका १० वटै वडाका २०/२० जना नागरिकलाई वडाको छनौटको आधारमा बलाङ्केट वितरण गरेको हो । आईतबार र सोमबार वडा नं. १, २, ३, ८,...
पाल्पा, रामपुर नगरपालिकाले महिला म्याराथन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । मार्च ८ अर्थात् आउदो फागुन २४ गते मनाइने १ सय ११ औं महिला दिवसको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।महिलाहरुलाई प्रतिस्पर्धी, अब्बल र सक्षम महसुस गराउन फरक किसिमको प्रतियोगिता राखिएको रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो...