सुचना/ प्रविधि

आज बसन्त पञ्च्चमी पुजाआजा गरेर मनाइदै

  २०७८-१०-२३        boli khabar

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ...

जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी

  २०७८-१०-१८        बोली खबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले...

होन्डा कम्पनीले दशैं तिहारको बम्पर विजेतालाई उपहार हस्तान्तरण

  २०७८-०९-१५        boli khabar

पाल्पा, होन्डा कम्पनीले यस वर्षको दशैं तिहारमा ल्याएको बम्पर उपहारका विजेतालाइ एक कार्यक्रम गरि उपहार प्रदान गरेको छ । दशै तिहार भाग्यसालि उपहारमा पाल्पा रामपुरका सावित्रा श्रेष्ठलाई १५ लाख प्रदान गरेको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैं तथा तिहार स्किम...

रामपुरमा ‘रामपुर अटो भिलेज’ काे शुभारम्भ

  २०७८-०८-२१        बोली खबर

पाल्पा रामपुरमा महिन्द्राको अधिकृत बिक्रेता बालाजु अटो वर्कसप प्रालिको सव–डिलर तथा लोक शुसिला अटो कन्शर्नको डिलर ‘रामपुर अटो भिलेज’ काे उट्घाटन भएको छ । ब्यापारी  गणेश रेग्मी र कुलमणि रेग्मीले महेन्द्रासँगको सम्झौतामा केही समयअघि देखि महिन्द्रा डिलरबाट सेवा दिदै आएपनि कोभिडको जोखिमका कारण औपचारिक सेवा शुरुवात हुन सकेको थिएन...

सामुदायिक रेडियो रामपुरले स्थापना दिवस मनायो

  २०७८-०७-२७        boli khabar

पाल्पा–आवाज बिहिन हरुको आवाज सामुदायिक रेडियो रामपुरले आफ्नो बार्षिक उत्सब मनाएको छ ।कालिगण्डकी वेशी कै पहिलो रेडियो सामुदायिक रेडियो रामपुरले आफ्नो स्थापना दिवस मनाएको हो ।कालिगण्डकी सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो रामपुरले आफ्नो १३ औँ बार्षिक उत्सव मनाएको हो । रेडियोले शुक्रबार एक कार्यक्रमका विच आफ्नो स्थापना दिवस...

नेकपा एमाले पाल्पा महाधिवेशन प्रतिनिधि मनोनयन दर्ता

  २०७८-०७-२७        boli khabar

नेकपा एमाले १० औ महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता शुक्रवार भएको छ । देश भरी भएको मनोनयन दर्ता सैभाद्र रुपमा सम्पन्न भएको एमाले सचिबालय ले जनाएको छ । शुक्रवार पाल्पामा पनि मनोनयन दर्ता भएको छ । पाल्पा दुई वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन ।पाल्पाको १ न क्षेत्रमा...

पुर्बखोला गाउँपालिकाले उत्कृष्ट शिक्षक र विद्यालय लाई सम्मान

  २०७८-०७-१४        boli khabar

पूर्वखोला पाल्पा, पूर्वखोला गाउपालिका कार्यालय शिक्षा,युवा तथा खेलकुद शाखाको मुल आयोजना मा पूर्वखोला गाउँपालीका भित्रका उत्कृष्ट शिक्षक र विद्यालय लाई सम्मान गरिएको हाे ।उत्कृष्ट शिक्षकमा मातृभुमि मा.वि.का प्रधानाध्यापक मेयर मान थापा ,जनमार्ग मा.वि. का प्रधानाध्यापक श्याम बहादुर दिशा,उद्बुद्ध मा .वि.का प्रधानाध्यापक लोकहरी देबकोटा उत्कृष्ट शिक्षककाे रूपमा सम्मान हुनुभएको थियो...

उज्यालो अभियानको सुरुवात पाल्पा बाटै थालनी: मन्त्री राना

  २०७८-०६-२८        boli khabar

पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा अघि बढाउने बताउनु भएको छ । मन्त्रीमा बन्नु भए संगै पहिलो पटक रामपुर आउनु भएका रानाले नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा उज्यालो अभियानको सुरुवात पाल्पा बाटै थालनी गर्ने बताउनुभयो...

जुरी–नेपालको दोश्रो सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न ।

  २०७८-०६-१५        boli khabar

न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल) ले दोश्रो सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । कोभिडको विद्यमान अवस्था र सम्बन्धित सरोकारवाला निकायको सहभागिता समेतलाई ध्यानमा राखी कार्यक्रम भर्चुअल माध्यममा सम्पन्न गरिएको हो । संस्थाले गत आर्थिक बर्षबाट संस्थाका गतिविधि, यसको प्रभाव र खर्चको विवरण सम्वन्धित सरोकारवाला, सरकारी निकाय, संस्थाबाट प्रत्यक्ष...

त्रिभुवन विमानस्थलमै केडीसी हस्पिटलकाे पिसिआरको सुविधा

  २०७८-०५-२९        बोली खबर

पाल्पा, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले विभिन्न मुलुकहरुमा जानेका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा र्यापिट पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ। केडीसीले ‘सिङवे’ नामक ब्राण्डको अत्याधुनिक मेसिनबाट सर्वसाधारणको पीसीआर जाँच गर्ने र ३० मिनेटमै नतिजा दिने बताएको छ । पछिल्लो समयमा नेपालबाट विमानस्थल हुदै बाहिरिने व्यक्तिहरुका लागी ७२...