समाचार

पूर्वखोला र माथागढी गाउँपालिकामा फागुन १५ गते सार्वजानिक विदा

  २०७८-११-१३        बोली खबर

पाल्पा । पूर्वखोला गाउँपालिकाले २०७८ फागुन १५ गते सार्वजानिक विदा दिने भएको छ । ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पूर्वखोला गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभर सार्वजानिक विदा दिने निर्णय गरेको हो । उक्त दिन गाउँकार्यपालिकाको कार्यालय, गाउँपालिका अन्र्तगतका सम्पुर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था, विद्यालय तथा सम्पूर्ण...

चापाकोटको कृषि तथा बन क्याम्पसको अध्यक्षमा काफ्ले मनोनित

  २०७८-११-१३        बोली खबर

स्याङ्जा । चापाकोटको कृषि तथा बन क्याम्पसको अध्यक्षमा नविन काफ्ले मनोनित भएका छन् । लामो समय विवादमा रहदै आएको कृषि तथा वन क्याम्पसमा नगर प्रमुख शिवकुमार गिरी संरक्षक रहने गरी हाल परिवर्तित नाम प्राकृतिक स्रोत व्यवस्थापन कलेजको संचालक समितिको अध्यक्षमा काफ्लेलाई मनोनयन गरिएको नगरपालिकाले जनाएको छ । संचालक समितिको...

रामपुर नगरपालिका १ ले जेष्ठ नागरिक सम्मान गर्यो

  २०७८-११-१३        boli khabar

जेष्ठ नागरिक न्यानोकपडा बितरण कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा न १मा भएको कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा तिर्थ यात्रा कार्यक्रमको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा भएको हो । न्यानो कपडा बितरण आयोजनाका सचिब थान बहादुर बङ्सिको स्वागत बाट सुरु भएको कार्यक्रम मावडा अध्यक्ष मित्रलाल कडेल...

कोभिड -१९ काे संक्रमणबाट मृत्यु हुने परिवारको आफन्तलाई राहत रकम हस्तान्तरण

  २०७८-११-१०        बोली खबर

पाल्पा । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएका आफन्तहरुलाई राहत रकम हस्तान्तरण गरेको छ । निस्दी गाउँपालिका मित्याल पाल्पाले एक कार्यक्रम बीच उक्त रकम हस्तान्तरण गरेको हो । कोभिड–१९का कारण ज्यान गुमाएका आफन्तहरुलाई गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले हस्तान्तरण गरेकोे हो । गाउँ कार्यपालिकाको निर्णय अनुसार कोभिड–१९ का...

विरोध र नाराबाजीबीच संसदमा एमसीसीको प्रस्ताव पेश

  २०७८-११-०८        बोली खबर

काठमाडौं । सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा टेबल  गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्तारुढ र प्रतिपक्षी सांसदको अवरोधबीच एमसीसी संसदमा टेबल गरेका हुन्। संसद सुरु हुँदै नेकपा एमालेले चर्को नाराबाजी गरेको थियो। त्यस्तै माओवादी केन्द्र, जनमोर्चा नेपाल र नेपाल मजदुर...

तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु

  २०७८-११-०६        बोली खबर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ-२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय तिनाउ-१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा...

रामपुर अस्पतालमा स्थानियको तालबन्दी

  २०७८-११-०६        बोली खबर

पाल्पा । मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि पोष्टमार्टमको विषयलाई लिएर रामपुर अस्पतालमा विहिबार स्थानीयले ताला लगाएको छ । बुधबार साँझ मोटरसाईकल दुर्घटनामा मृत्यु भएका पुरुषको शव पोष्टमार्टम गर्न नसकिने बताए पछि स्थानीयले अस्पताल घेराउ सहित तालाबन्दी गरेका थिए । अस्पतालका डाक्टर विदामा बसेर समयमै पोस्टमार्टम नगरी विहिबार दिउँसो मात्रै बुटवल...

माथागढीमा नि:शुल्क शिक्षक सेवा आयोग तयारी कक्षा संचालन

  २०७८-११-०२        बोली खबर

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले खुल्ला तर्फको मा.वि., नि.मा.वि. र प्रा. वि. तहको खुल्ला शिक्षक सेवा आयोगलाई मध्यनजर गरि समावेशी समूह/ लक्षित वर्ग अन्तर्गतको आदिवासी जनजाती तथा महिलाहरूको लागि दोस्रो निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा आइतबार देखि वडा नं.-२, रुप्से- दद्रामा शुरु गरेको छ। पहिलो समूहको कक्षा झडेवामा...

प्रेस चौतारी पाल्पाको अध्‍यक्षमा कार्की

  २०७८-११-०१        बोली खबर

पाल्पा । पाल्पाको तानसेनमा भएको ८ औ जिल्ला अधिवेशनबाट प्रेस चौतारी नेपाल पाल्पाको अध्‍यक्ष कृष्‍ण कार्की सहित १७ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन। प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्ष पदमा कृष्ण कार्की सर्वसम्मत निर्वाचित भएका हुन। उपाध्यक्षमा वन्दना पोखरेल र बिष्णु प्रसाद घिमिरे सचिव नारायण न्‍यौपाने, सहसचिवमा सन्‍तोष ज्ञवाली र...

निस्दीमा परिवार नियोजन सम्बन्धि शिविर सम्पन्न

  २०७८-१०-२७        boli khabar

पाल्पा । निस्दी गाउँपालिका पाल्पामा परिवार नियोजन सम्बन्धि शिविर सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविरमा १ सय २४ जना महिलाहरूले सेवा पाएका छन । शिविरमा १ सय १ जना महिला दिदीबहिनीहरुले इम्पलान्ट र १३...