बुटवल, लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको दुई महिनापछि मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय पुर्याइएको छ । पाँच दलीय गठबन्धनमा मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले आज मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । संघ र प्रदेशमा गठबन्धनका दलहरूबीच भागबन्डा मिलेपछि आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले सपथ लिएका छन् ।...
बुटवल, रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली चलाउदा केही घाइते भएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे। औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच...
दानस मल्ल राष्ट्रिय युवा सघं नेपाल रामपुर नगरपालिका वार्ड नम्बर १र२ पाल्पाको युवा भेला सम्पन्न भएको छ। रामपुर नगरपालिका वार्ड नम्बर १ बिर्ताबारिमा भएको भेलाको मुख्य पाहुना नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् प्रदेस सभासद युवराज खनाल रहनु भएको हो। भेलामा बोल्नु हुँदै प्रदेस सभासद खनाल ले “युवाहरु...
रामपुर, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार बालकृष्ण खाण देउवा सरकारको दोस्रो वरियतामा रहेका छन्।
पाल्पा/ नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगरपालिकाको कार्यकर्ता भेला तथा प्रथम नगर अधिबेशन सम्पन्न भएको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज टीका सुनारको अध्यक्षता र नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय सचिवालय सदस्री एंव लुम्बिनी प्रदेश कमिटी सह- संयोजक क.ठाकुर प्रसाद लुहागुनको...
पूर्वखोला गाउँपालिकाको वार्षिक खर्च सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाकाे कार्यालयले बुधबार रिङ्नेरहमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले गत आ.व.२०७७/७८ मा जम्मा ५१ करोड ७५ लाख ९४ हजार बजेट मध्ये ३९ करोड २७ लाख ३६ हजार (७५.८८५) खर्च भएको बिवरण सार्वजनकि...
असाेज २१ रामपुर नगरपालिका वडा नम्बर ५ राङभाङचाेक हिजाे साझ माेटरसाईकल दुर्घटना भएकाे छ । बेझाड वजार देखि विजयपुर तर्फ अाउदै गरेकाे लु ५७ प ४१३७ नम्बरको माेटरसाईकलले बाटाेमा उभ्भिराखेकाे ४ वर्षको काे बच्चालाई ठक्कर दिदा घाईते बच्चाकाे रामपुर अस्पतालमा सामान्य उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रवासमा थप उपचारका...
रामपुर, शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालावन्दी गरेको छ । नब आगन्तुक विद्यार्थीहरुलाइ दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रम बिथोल्न खोजेको आरोपमा ताला लगाएको हो । क्याम्पस प्रशासनसंग अनुमति लिएर गरिएको कार्यक्रममा नगर प्रमुख नै उपस्थिति रहेर कार्यक्रम बिथोलेको...
रामपुर, लोक तथा दोहोरी गायक हुम गैरेको लय तथा शब्द संकलनमा बिशाल मुभिज मार्फत मार्मिक दशै गीत बर्बर आँशु बजारमा आएको छ । लोक तथा दोहोरी गायक ईन्द्र जि.सी, गायक अलिफ खान, दिपिका बयम्बु, कमला बि.शी.र गीता सेञ्चुरीको स्वरमा रहेको पछिल्लो समय चर्चामा रहेको छ । आयुष्मा कार्की, धिरज...
नेपाल कम्युनिष्ट पाटि समाजबादीकाे पाल्पाकाे तानसेनमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ ।नेपाल कम्युनिष्ट पाटि एकीकृत समाजबादिका केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अगुवा कार्यकर्ताभेलामा सम्बाेधन गदै केपि अाेलिकाे कारण नेपाल कम्युनिस्ट पाटिकाे अान्दोलन समाप्त हुने अबस्था अाएकाेले अाफुहरु एमालेकाे दरबार छाेडेर चउरमा अाएकाे बताउनु भयाे ।अगुवा कार्यकर्ताभेलामा पाण्डेले दरबारले च्यापेर...