समाचार

आज तमु ल्होसार: देशभर सार्वजनिक बिदा

  २०७९-०९-१५        बोली खबर

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।

निस्दीको काउलेडाँडाबाट २ करोड बराबरको कुचो उत्पादन (फाेटाेसहित)

  २०७९-०९-१४        बोली खबर

पाल्पा । निस्दीको काउले डाँडाबाट यसवर्ष २ करोड बराबरको कुचो उत्पादन हुने अनुमान गरेको छ । निस्दी गाउँपालिका -३ , झिरुबासको काउले डाँडाले साच्चिकै यहाँको जीवनस्तर नै परिवर्तन गरिदिएको छ । २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसोबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान र गौरव बढाएको छ ।...

निस्दीमा बालविवाहको समस्या बढदै

  २०७९-०९-११        बोली खबर

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा बालविवाहको समस्या बढदै गएको छ । बालविवाह न्यूनीकरणको लागि विभिन्न कार्यक्रम र प्रयास गर्दागर्दै पनि यसको अन्त्य हुन सकेको छैन । नेपालको कानुनले १८ वर्ष मुनिकालाई बालबालिका र विवाह योग्य उमेर २० वर्ष पछि भनेर तोकेको छ । २० वर्ष भित्र गरिने विवाह गैरकानुनी...

निस्दीकाे ज्यामिरेमा टिप्परले च्यापेर सह चालकको मृत्यु

  २०७९-०९-११        बोली खबर

पाल्पा । निस्दी ७ ज्यामिरेमा टिप्परले च्यापेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ५ बजे निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेर राखेको टिप्पर अचानक गुडेको थियो । त्यो टिप्परले हावा भर्न रोकेको टिप्परका सहचालक सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउनेलाई ठक्कर...

प्रचण्ड ४४ औं प्रधानमन्त्री नियुक्त, आज सपथ लिने

  २०७९-०९-११        बोली खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । आज दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका हुन् । राष्ट्रपति कार्यालयका निवास शितल निवासमा हुने प्रचण्डका सचिवालयले जानकारी दिएको छ । प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका हुन्...

आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा

  २०७९-०९-१०        बोली खबर

काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी...

पाल्पा रामपुरका जग्गाधनीले पाए लालपूर्जा

  २०७९-०९-१०        बोली खबर

पाल्पा । पाल्पाको रामपुरका जग्गाधनीहरुले ५० वर्ष पछि जग्गा धनी प्रमाण पूर्जा बितरण गरेका छन् । २०२८/०२९ साल देखि रसिदमा जग्गा किनेर भोगचलन गर्दै आएका अव्यवस्थित जग्गाधनीहरुलाई राष्ट्रिय भूमि आयोगले जग्गा धनी प्रमाण पूर्जा प्रदान गरेको हो । रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यको लागि र हालको...

बुटवल आउँदै राष्ट्रपति, सिद्वबाबा मन्दिरमा पूजा गर्ने

  २०७९-०९-०७        बोली खबर

रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही आउने भएपछि यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । बुटवलमा आजदेखि सुरु हुने १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटनका लागि राष्ट्रपति रुपन्देही आउन लागेकी हुन् । राष्ट्रपतिले आज दिउँसो १ बजे हुने मेलाको उद्घाटन तथा सम्बोधन गर्ने...

आज नवनिर्वाचित सांसदको शपथ ग्रहण

  २०७९-०९-०७        बोली खबर

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले...

रामपुर मोबाईल एसोशियशनकाे अधिवेशन सम्पन्न

  २०७९-०९-०२        बोली खबर

पाल्पा । रामपुर मोबाईल एसोशियशन रामपुर पाल्पाले नयाँ कार्य समिति चयन गरेको छ । एसोशियशनको पहिलो अधिवेशनले इश्वर प्रसाद अधिकारीको अध्यक्षतामा ९ कार्य समिति सर्वसम्मत चयन गरेको हो । रामपुर ८ बुजातमा भएको एक कार्यक्रम गरी अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनले ९ कार्य समिति चयन गरेको छ ।...