प्रदेश १

आज प्रतिनिधि सभामा नागरिकता विधेयक पारित गर्ने तयारी

  २०७९-०४-०६        बोली खबर

काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज (शुक्रवार) बस्दै छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विभिन्न कार्यसूचीहरू छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै...

मुस्लिम समुदायमा आज बकर ईद मनाइँदै, देशभर सार्वजनिक बिदा

  २०७९-०३-२६        बोली खबर

पाल्पा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा...

अर्थमन्त्री शर्माले दिए राजीनामा

  २०७९-०३-२२        बोली खबर

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको...

इदको अवसरमा आइतबार सार्वजनिक बिदा

  २०७९-०३-२२        बोली खबर

काठमाडौं । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ । उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार...

रामपुर नगरपालिकाकाे एघाराैं नगर सभा सम्पन्न, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा जाेड

  २०७९-०३-१०        बोली खबर

पाल्पा। रामपुर नगरपालिका एघाराैं नगर सभा सम्पन्न गरेकाे छ। शुक्रबार सम्पन्न नगरसभामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  प्रस्तुत गरेका थिए । नगर सभाले शिक्षा, पूर्वाधार विकास संगै, स्वास्थ्य, कृषि र पर्यटनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमले नयाँ योजना...

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

  २०७९-०३-०७        बोली खबर

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ...

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा (तस्बिरमा)

  २०७९-०३-०७        बोली खबर

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।...

रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

  २०७९-०३-०७        बोली खबर

काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल...

प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

  २०७९-०३-०३        बोली खबर

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकम्कि अवतरण भएको छ । हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए...

हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता

  २०७९-०२-२३        बोली खबर

काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । श्रममन्त्री किसान श्रेष्ठले परीक्षणका लागि हप्तामा २ दिन बिदा दिइएकोमा व्यवहारिक नभएकाले असारदेखि शनिवार मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको...