प्रदेश १

भोली सार्वजनिक विदा

  २०७८-११-१८        बोली खबर

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ । गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

४०औं राष्ट्रिय मगर एकता दिवस रामपुरमा आएर मनाए (फाेटाेसहित)

  २०७८-११-१६        बोली खबर

पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा १४ औं वार्षिक उत्सव मनाएको छ । मगर संस्कृति झल्किने पहिरन सहितको र्यालीले बेझाँड बजार मगरमय बनायो । अ-आफनो मगरभेषभुषा सहितको मगर दिदीबाहिनी, दाजुभाईको समूह बेझाँडमा मगर दिवस मनाए । हेरौं तस्बिरहरू । सबै...

पूर्वखोला र माथागढी गाउँपालिकामा फागुन १५ गते सार्वजानिक विदा

  २०७८-११-१३        बोली खबर

पाल्पा । पूर्वखोला गाउँपालिकाले २०७८ फागुन १५ गते सार्वजानिक विदा दिने भएको छ । ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पूर्वखोला गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभर सार्वजानिक विदा दिने निर्णय गरेको हो । उक्त दिन गाउँकार्यपालिकाको कार्यालय, गाउँपालिका अन्र्तगतका सम्पुर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था, विद्यालय तथा सम्पूर्ण...

स्थानीय निर्वाचन २०७९ वैशाख ३० मा गर्ने सरकारको निर्णय

  २०७८-१०-२४        बोली खबर

काठमाडौं । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ।  सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो।  एकजना मन्त्रीका अनुसार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकबाट यो निर्णय भएको हो।  निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न...

आज बसन्त पञ्च्चमी पुजाआजा गरेर मनाइदै

  २०७८-१०-२३        boli khabar

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ...

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएमसीसीको निर्णय

  २०७८-०९-२५        boli khabar

पाल्पा, सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हाे । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म...

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

  २०७८-०८-२९        बोली खबर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे । यस्तै...

कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरू हुदै

  २०७८-०८-२४        बोली खबर

काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५०...

अन्धकार मुक्ति बचत तथा ऋण सहकारीको सेवा केन्द्रको २३औ साधारण सभा सम्पन्न

  २०७८-०८-१६        boli khabar

पाल्पा अन्धकार मुक्ती बचत तथा ऋण सहकारी सस्थाको सेवा केन्द्र स्तरीय रामपुर १० रामटार सेवा केन्द्रको २३ औ बाषिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष लिला बहादुर गाहाले बोल्दै सहकारीले गरेको...

एमालेमा भारी मतसहित ओली विजयी

  २०७८-०८-१४        बोली खबर

चितवन, नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बोली खबरलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत...