गण्डकी

एमाले चापाकोटः मेयरमा कोइराला, उपमेयरमा मल्लले उम्मेदवार दिदै

  २०७९-०१-१२        बोली खबर

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) ले चापाकोट नगरपालिकाको मेयरमा राजु कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चापाकोट नगरपालिकाको मेयरमा राजु कोइराला र उपमेयरमा सृष्टि मल्ललाई उम्मेदवार बनाउने प्रदेश कमिटीले निर्णय गरेको नेकपा (एमाले) चापाकोटले जनाएकाे छ ।

वालिङमा जीप दुर्घटना अपडेटः पाँचको मृत्यु, ६ जना घाइते (नामावली सहित)

  २०७९-०१-०४        बोली खबर

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर डाला, ६५ वर्षीय कुल कुमारी कनौज, ४५ वर्षीय हिरा डाला, २५ वर्षीय शर्मिला सारु, ६-७ महिनाको नाम नखुलेको बालक रहेका...

रामपुर-चापाकोटमा निर्माणधिन पुलबाट खस्दा आठ जना घाइते, दुईको अवस्था गम्भीर

  २०७८-१२-२०        बोली खबर

पाल्पा । रामपुर-चापाकोट जोड्ने पक्कि पुलबाट खस्दा ८ जना कामदार घाइते भएका छन । आइतबार साझ करिब ६ :३० बजे तिर पुल ठलानका लागि सामान उठाउने क्रममा घाइते भएका हुन । घाइते हुनेमा भारत घर भइ हाल रामपुर-चापाकोट जोड्ने सोमरा प्याक्लुकमा काम गर्ने ४ जना अनुप कुराहु बर्ष २५...

गल्याङ्ग बासी स्थानीय सरकार सगँ सन्तुष्ट भन्छन जनताको सरकारको अनुभुती

  २०७८-१२-०३        boli khabar

पाल्पा । गल्याङ ३ ललेङका करिव ७५ वर्षिय देवाखर भट्टराई लौरो टेक्दै नगरपालिकाको कार्यालय पुग्नुभयो । नगर प्रमुखलाई भेट्नका लागि १५ जना प्रतिक्षामा थिए । उमेरले पाको र शारिरिक रुपमा कमजोर देखेपछी नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारीले भट्टराईलाई प्रतिक्षामा राखेनन् । उनलाई पालो कुर्न नपर्ने भन्दै मेयरलाई भेट्न जानुस...

सुन अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

  २०७८-११-२५        बोली खबर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार...

इस्लामी संघ नेपालको देश व्यापी महिला अधिकार अभियान सुरु

  २०७८-११-२२        boli khabar

राष्ट्र व्यापी महिला अधिकार अभियानइस्लामी संघ नेपालको आयोजनामा देश व्यापी रुपमा सन्चालन भैरहेको छ ।फाल्गुन २० गते देखि २६ गते सम्म देश व्यापी महिला अधिकार अभियान हुने भएको हो ।११२औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अबसरमा सन्चालन भएको अभियान अन्तर्गतइस्लामी संघ नेपाल पाल्पा इकाइले पनि शुक्रबार देखी हजरत बेलाल जाने...

५दिने उद्घोषण तालीम सुरु

  २०७८-११-२१        boli khabar

दलित बर्ग उत्थान समन्वय नगर समितिको आयोजनामा उद्घोषण तालीम सुरु भएको छ । समितिका उपाध्यक्ष केश बहादुर नेपालीको स्वागत बाट सुरु भएकसुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको हो । नगर प्रमुख थापाले बोल्दै आफ्नो बिकास र राज्यको मुलधारमा आउन मेहनत साथ सिक्ने...

भोली सार्वजनिक विदा

  २०७८-११-१८        बोली खबर

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ । गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

शिवरात्रिकाे महत्व

  २०७८-११-१७        boli khabar

महाशिवरात्री पत्येक वर्ष हिन्दुहरुले मनाउने रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ । त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन...

तालपोखरामा डुङ्गा दौड प्रतियोगिता सम्पन्न

  २०७८-११-१६        boli khabar

कालीगण्डकी उपत्यकामा पुग्ने र मिनी फेवातालको रुपमा तालपोखरा क्षेत्र हेर्न र डुङ्गामा शयर गर्न कै लागि बुटवल पोखरा, काठमाडौंबाट विभिन्न टोली बनेर तालपोखरा पुग्ने गर्दछन् । तालपोखराको अलवा पार्क, पिकनिक पार्क सहितका रमणीय भाग र पछिल्लो समय खाजा नास्ताको लागि मौलिकता सँग जोडिएको कटेजको विकासले गर्दा तालपोखरा क्षेत्रमा चहलपहल...